कांग्रेसले काम गर्छ, नेकपाले प्रचार !
लक्ष्मण गौतम
नेपाली कांग्रेसले काम गर्यो तर आफ्नो कामको प्रचार प्रसार जनता सामु गर्न सकेन ।तर नेकपाले नेपाली कांग्रेसका सरकारले गरेका कामहरु पनि आफुले गरेको भनि खुवै प्रचार प्रसार गर्यो र गर्दैछ ।
नेकपाले मिडिया कब्जा गरेको छ । बोल्न सक्ने , लेख्न सक्ने, बिचार भएका मान्छेहरुलाई संगठित रुपमै मिडिया देखी समाजिक सँजाल अनि सडकसम्म परिचालन गरेको छ । आवाज भएका मान्छेहरुलाई पार्टीका बिभिन्न ठाउँमा जिम्मेवारी दिएको छ । र उनीहरु बोली रहेका छन । लेखी रहेका छन । जनतामा भ्रम छरी रहेका छन । नेपालमा कुरा सुनेर हो वा होईन भन्ने निचोड निकाल्न सक्नेको प्रतिशत १० प्रतिशत पनि छैन । नेकपा आफ्नो रणनितीमा सफल भएको छ । त्यसैले त चुनावमा लगभग दुई तिहाई सिट जित्यो । आज केन्द्र देखी ६ वटा प्रदेशमा नेकपाकै सरकार छ । अब आउने चुनावसम्म नेकपाले देशका गरिव देखी बौद्दिक मान्छे सबै कब्जा गर्छ । कर्मचारी देखी राज्यका सबै संयन्त्र कब्जा गर्छ । राजनितीक रुपमा नेकपा सफल हुँदै गएको छ । पार्टी भित्र जस्तो बिवाद भएपनि केपी ओलीले मिलाएर वा पेलेर लगेकै छन । देश बिकास, शुशासन, समृद्दीका सम्दर्भमा मेरो केपी ओलीसँग हजारौ बिमती होलान । र छन । तर राजनितीक हिसावले केपी ओली सफल छन । दश बर्षसम्म बन्दुक बोकेर हिंडेको पार्टीलाई आफुमा बिलय बनाएर उनीहरु माथि राज गर्दै लगभग दुई तिहाईको सरकारको नेत्रित्व गर्नु राजनितिक सफलता होईन भनेर यदी कसैले कुतर्क गर्छ भने म त्यो कुर्तक मान्ने पक्षमा छैन । किनकी राजनितिक सफलता भनेकै यही हो । ओली ब्यग्तिगत रुपमा सफल भएका छन । तर उनको स्वार्थी सफलतामा देश र जनताको भबिष्य भने उत्तानो परेको छ । यो सरकारबाट नेपाल र नेपालीले बिकास, समृद्दी र शुसासन पाउँछन भन्ने कुरामा म १ प्रतिशत पनि बिस्वस्त छैन । अंग्रेजीमा एउटा भनाई छ ( ““ Morning shows the day “
मैले नेकपाको बारेका लेखी रहँदा म नेपाली कांग्रेसको असफल राजनितीक रणनीति अनि संगठन सुधारका लागि सत्य बोल्न डराउनु हुँदैन । हिच किचाउनु हुँदैन । नेपाली कांग्रेस जनताको रगत, बलिदान र सँघर्षबाट जन्मिएको देशकै सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । तर हामी आज कहाँ छौ त ? आज हामीसँग संसदमा बोल्नसक्ने ३–४ जना बाहेक अरु छैनन । सडक स्वतन्त्र युवाहरुले कब्जा गरेका छन । सामाजिक संजाल र मिडिया नेकपाको कब्जा छ । अनि खोई हामी कहाँ छौ त ? नेपाली कांग्रेस भित्र बोल्न सक्ने, लेख्न सक्ने र नेपाली कांग्रेसको आवाजलाई आम जनतासम्म पुराउन सक्ने मान्छे नभएका हुन कि हामीले उनीहरुलाई साईड लगाईएको हो यसको समिक्षा हुन जरुरी छ । नेपाली कांग्रेसको पक्षमा कलम चलाऊन सक्ने बौद्दिक पत्रकार नभएका हुन कि साईड लगाईएको हो ? के आजको ईलेक्ट्रोनिक युगमा मिडिया बिनाको राजनीति सफल होला त ? तसर्थ यि कुराहरुमा निष्पक्ष समिक्षा अनि सुधारको आवस्यकता छ ।
अहिले तत्काल नै नेपाली कांग्रेस सरकारमा जाने अवस्था छैन । तसर्थ यहाँ भित्रका अवसरबादीहरु पार्टी छाडेर हिँड्लान । यहाँ भित्र रहेका कामको ठेक्कापट्टा , सरकारी जागिर, खोजिमा रहेका धेरै युवा पनि पार्टी छाडेर हिँडलान र यहाँ भित्र रहेका । तर ठाउँ र सम्मान नपाएका तमाम बौद्दिक वर्ग पनि पार्टी छाडेर हिँड्लान् । आखिर मान्छे शक्त्तीकै पछाडी हिँड्छ तसर्थ अब आउन सक्ने सम्भावित भूक्षय र असन्तुष्टी रोक्न नेपाली कांग्रेसले रणनीति बनाउनै पर्छ ।
नेपाली कांग्रेसको एक कार्यकर्ताको हिसावले मेरो एक मात्र आग्रह हो । पार्टी भित्र सबैको सम्मान होस । मेरोले होईन् राम्रोले ठाउँ पाओस् र जसले जनताको मन र आवाज बुझ्नसक्छ । बोल्न सक्छ । बोक्न सक्छ । उसैले ठाउँ पाओस । पद प्राप्तीको न्यूनतम मापदण्ड चाकडी नभएर योग्यता र सक्षमता होस् । राजनीति गुट बलियो होईन् पार्टी बलियो बनाउनका लागि होस ।
र अन्त्यमा , अब हुने १४औ महाधिबेशनबाट कांग्रेसले काम गर्नसक्ने योग्य पदाधिकारी चुन्न सकोस् र पार्टीलाई पुन एक पटक फेरी देशकै सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गर्न सकोस् ।
जय नेपाल
लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन । प्रस्तुतविचार उनका नीजि हुन्–स
प्रकासित मिति२०७७–६–५
फेसबुकबाट तपाईको प्रतिक्रिया