कात्तिक २५ देखि नेपाली राजनीतिमा ‘नयाँ तरंग’

बिजनेसपाटी २२ कार्तिक 

२०७३ कात्तिक २५ गते दुई बजेपछिबाट नेपाली राजनीति पूरै फेरिने भएको छ । किनभने त्यो दिनबाट संसदको बैठक पुन सुरु हुँदैछ । बैठकको दुईवटा एजेण्डा छ –महाअभियोग प्रस्ताव र संविधान संशोधन । महाअभियोग प्रस्तावलाई लिएर ठुलो रस्साकस्सी हुने स्पष्ट संकेत देखिएको छ । त्यो भन्दा ठुलो रडाको संविधान संशोधनका विषयमा हुने भएको छ । सरकारले कही दिनभित्रै अर्थात कात्तिक मसान्तभित्रै संविधान संशोधन विधेयक संसदमा पेश गर्ने भएको छ । एमालेलाई कर्नरमा पार्ने र बार्गेनिङ गर्ने उदेश्यले सरकाले विधेयक तयार गरेको विष्लेषण गरिँदै छ । विधेयकमा भएका केही व्यवस्था चुहिएर बाहिर आएपछि सरकार अप्ठेरोमा परेको छ । संविधान संशोधन विधेयकमा अंगीकृत नगरिकले पनि राष्ट्रपति देखि संवैधानिक अंगका प्रमुख सम्मका पदमा बस्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तो व्यवस्था राखिएको सुचना चुहिएपछि एमालेसहित सर्वसाधारणबाट तिव्र प्रतिक्रिया आएको छ । उता सरकारले भने त्यस्तो विधेयकमा सहमति नभएको जनाएको छ । तर, सरकारले त्यस्तै व्यवस्था राखेर विधेयक ल्याउन लागेको छर्लङग भइसकेको छ । अंगिकृत नागरिकलाई सबै पद दिन मिल्ने व्यवस्थाा किन राख्न खोजियो भन्ने प्रश्न उठिरहेको छ । कतिपय जानकारहरुले भने एमालले नमान्ने भन्ने बुझेरै यस्तो व्यास्था राखेर संविधान संशोधन विधेयक ल्याउन खोजेको बताएका छन् । एमाले संविधान संशोधन विधेयकमा असहमत हुन्छ , त्यसपछि मधेसमा एमालेले बढाउन खोजेको साखलाई गिराउन र मेधसबाटै बढार्न पाइने दाउपेच सत्तापक्षले गरेको कतिपयको टिप्पणी छ । तर, एमालेका नेताहरुले भने सत्तापक्षको यस्तो दाउपेचबाट अफुलाई हानी होइन फाइदा हुने बताइरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ – एमाले स्थाई समितिका एक सदस्यले भने, –अंगिकृत नागरिकलाई देशको मुख्य पद सबै दिन मिल्ने व्यवस्थाको हामी विरोध गर्छौ , हाम्रो समर्थनमा तराइको रैथाने नागरिक उभिन्छन् । ’ कसको पक्षको र कसको विपक्षका को उभिन्छ भन्ने अनिश्चित छ तर सत्तापक्षका केही नेताहरुले भने एमालेसँग भित्री कुरा मिलाएर विधेयक ल्याइएको दावी गरेका छन् । एमालेका नेताहरुले पनि संविधान संशोधनमा आफ्नो पार्टी बाधक नहुने बताएका छन् । तर, विधेएकका प्रावधान किन र कसरी राखियो भनेर आफुहरु समक्ष औचित्य पुष्टि गर्नुपर्ने उनीहरुको भनाई छ । उता सरकार भने कुनै पनि विषयमा औचित्य पुष्टि गर्न सक्ने हालतमा छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया