कात्तिक ८ गतेदेखि ज्योति विकास बैंकले एकीकृत कारोबार गर्ने

बिजनेसपाटी ४ कार्तिक

राप्तीभेरी विकास बैंकलाई प्राप्ती गरेको ज्योति विकास बैंकले कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात ज्योति बिकास बैंकको रजिष्टार्ड कार्यालय कमलादी काठमाडौंमै रहने बताइएको छ ।

राप्तीभेरी विकास बैंकलाई ज्योतिले एक बराबर एक स्वाप रेसियो अनुपातमा प्राप्ती गरेको हो ।

हाल ज्योतिको चुक्ता पूँजी २ अर्ब १२ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेकोमा राप्तीभेरी विकासको १५ करोड ७० लाख ६४ हजार रुपैयाँ चुक्ता पूँजी थपिएपछि एकीकृत बैंकको चुक्ता पूँजी २ अर्ब २८ करोड ६१ लाख १७ हजार रुपैयाँ कायम हुनेछ ।

राष्ट्र बैंकले एकीकृत कारोबारका लागि असोज २६ गते अन्तिम स्वीकृति दिएको हो ।
गत आर्थिक वर्षमा ज्योतिले २६ करोड १८ लाख खुद नाफा कमाएको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया