कामना विकास बैंकको हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन ?

काठमाडौँ ११ असार

आज असार ११ गतेदेखि कामना विकास बैंकले हकप्रद बिक्रि खुला गरेको छ  । बैंकले १०:३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गरेको हो  ।

बैंकले २४ करोड १३ लाख बराबरको सय रुपियाँ अंकित २४ लाख १३ हजार १ सय ३७.६० कित्ता हकप्रद निष्काशन गरेको छ  । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड  बिक्रि प्रबन्धक रहेको छ  ।  श्रावण १५ सम्म लगानीकर्ताले हकप्रद भर्न सक्ने छन् ।

हाल कामना विकास बैंक र सेवा विकास बैंक १:१ स्वाप रेसियोमा मर्ज प्रक्रियामा छन्  । मर्जपछि बैंकको नाम कामना  सेवा विकास बैंक रहने छ भने चुक्ता पुंजी अर्ब नाघ्ने छ  । मर्ज प्रक्रियाको लागि बैंकको कारोबार गत मङ्सिर ११ देखि बन्द छ । मङ्सिर १० सम्म कायम शेयरधनिले हकप्रद प्राप्त गर्न सक्ने छन् ।

लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय, कामना विकास बैंकको शाखा कार्यालयहरु र नेपाल इन्भेस्टमेन्ट बैंकका तोकिएका शाखाहरुबाट हकप्रद भर्न सक्ने जनाइएको छ  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया