कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाण्डौ २ माघ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्ने भएका छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
हाल यस बैंकले देशभरी आफ्ना ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया