कामना सेवाको “९% कामना सेवा बिकास बैंक लिमिटेड ऋणपत्र २०८७” नेप्सेमा सुचिकृत
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_450/https://businesspati.com/wp-content/uploads/2018/01/kamana-sewa.jpg)
काठमाण्डौ १० असार २०७८
कामना सेवा विकास बैंक लिमिटेडले ०७७÷१०÷२२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य रु. १००० कायम भएको कुल १०,००,००० कित्ता थान “९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७“ (ऋणपत्र), नेपाल स्टक एक्सचेञ्जमा आजबाटै कारोबार गर्न सक्नेगरी सूचीकृत भएको छ ।
बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया