कार्तिक ५ गतेदेखि माछापुच्छ्रे बैंकको लिलामी शेयर
बिजनेसपाटी ४ कार्तिक ।
कार्तिक ५ गतेदेखि माछापुच्छ्रे बैंकले लिलामी शेयर निष्काशन गर्ने भएको छ । बैंकले १ लाख ६० हजार ७४२ दशमलव ६४ कित्ता शेयर लिलामीमा निष्काशन गर्न लागेको हो ।
बैकले संस्थापक समूहको २० हजार २ दशमलव ४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४० हजार ७४० दशमलव २४ कित्ता लिलामीमा निष्काशन गर्न लागेको हो ।
बैंकले साउन ५ देखि भदौ ७ गतेसम्म निष्काशन गर्दा नबिकेको हकप्रद शेयरलाई लिलामीमा निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया