कालिकोटको मान्ममा सानिमा बैंकको शाखा

बिजनेसपाटी ६ फागुन

कालिकोटको मान्ममा सानिमा बैंकले नया शाखा खोलेको छ । सानिमा बैंकका ब्राण्ड प्रवर्द्धक हरिवंश आचार्यले आज शाखाको उद्घाटन गरेका हुन्   । शाखा उद्घाटनपछि विकट भेगमा बैंकिङ सेवा लिन सक्ने भएकोमा कालीकोटबासीलार्इ आचार्यले बधार्इ समेत दिए ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्य भरत कुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ग्राहकलार्इ गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । अब सानिमा बैंकको शाखा ४४ वटा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया