कुन नोट छाप्न कति खर्च ?

काठमाडौं ५ अशोज

सन् २०१६ मा १००० दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाई १.९० रुपैयाँ खर्च ।

अघिल्लोपटक सन् २०१४ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.९२ रुपैयाँ प्रतिएकाइको तुलनामा ५१.५३ प्रतिशत कम ।

सन् २०१६ मा १००० को नोट छाप्दा ४०.४० करोड बचत ।

सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउँदा प्रतिएकाइ २.९२ रुपैयाँ खर्च ।

यो खर्च अघिल्लोपटक सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.१३ रुपैयाँ प्रतिएकाइको तुलनामा ६.७१ प्रतिशत कम हो ।

सन् २०१६ मा ५०० रुपैयाँको नोट छाप्दा ३.७८ करोड रुपैयाँ बचत ।

सन् २०१५ मा १०० रुपैयाँ दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाइ २.१५ रुपैयाँ खर्च ।

यो अघिल्लोपटक सन् २०१२ मा साही दर रेटक नोट छपाउँदा भएको खर्च २.५९ रुपैयाँ प्रतिएकाइको तुलनामा १६.९९ प्रतिशत कम ।

२०१५ मा १०० रुपैयाँ दरको नोट छपाउँदा ८.८० करोड रुपैयाँ बचत । आजको नागरिक दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया