कुन बाटो रोज्ने माओको कि लेनिनको ?

सुरेन्द्र ढकाल

२००६ सालमा पुष्पलालको अग्रसरतामा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले झण्डै सात दशकको जीवनकाल ब्यतित गरेको छ । यस सात दशकमा नेपालका कम्युनिस्ट पार्टीहरु झुण्ड झुण्ड र समूह समूहमा विभाजित भएका छन् । एकले अर्कोलाई दक्षिणपन्थी र उग्र वामपन्थीको विशेषण भिडाउने अनि पदको भागवण्डा मिल्दाको बेला सिद्धान्त र विचार ओझेल पर्ने नमिल्दा पार्टीलाई विखण्डन गर्ने संस्कारले गर्दा नेपालमा झण्डै दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी भएको कारण नेपालको कम्युनिस्ट आन्दोलन वेवारिसी हुन पुगेको छ ।

को को छन त जिम्मेवार ?
पुष्पलाल बाँचुञ्जेल निरंकुश शासन व्यवस्था ढाल्न संयुक्त जनआन्दोलन आवश्यक छ भन्ने उनको सोचाइ विपरीत राजा महेन्द्रले सुरु गरेको पंचायत व्यवस्था एक किसिमले राजाले नेतृत्व गरेको वामपन्थी प्रणाली नै हो भन्दै तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझी डिपी अधिकारी र कमलराज रेग्मीलाई बोकेर पंचायत छिरेपछि नेपालमा कम्युनिस्ट आन्दोलन प्रथम पटक वेवारिसी बन्न पुग्यो ।

नेपाली कांगेस्रका विश्वेश्वरप्रसाद कोइराला घोर कम्युनिस्ट विरोधी थिए । उनी आफ्नो र राजाको गर्दन जोडिएको छ भन्दै संयुक्त जनआन्दोलनको विरुद्धमा लागेका हुँदा यिनी बाँचुञ्जेल पंचायत ढल्ने अवस्था रहेन । २०३६ सालमा तत्कालिन राजा वीरेन्द्रले पंचायत कि बहुदल भनेर जनमतसंग्रह गराउँदा पंचायतको विपक्षमा संयुक्त प्रयास हुन नसक्दा बहुदल हा¥यो र त्यसलाई विश्वेश्वरले स्वीकार गरे जसवापत उनले दरबारबाट रु ५० हजारको पुरस्कार पाएको दरबारका तत्कालिन सचिवहरु आजकाल पनि भन्दै हिँडछन् । विश्वेश्वरको मृत्युपछि गणेशमानको नेतृत्वमा रहेको कांगेस्र संयुक्त जनआन्दोलनको पक्षमा उभियो जस्को फलस्वरुप वामकांग गठवन्धन बन्यो । आन्दोलन चर्किदै जाँदा राजा वीरेन्द्रले पंचायत समाप्त गरी बहुदलीय व्यवस्थाको पुनःस्थापना गरे । बहुदलीय व्यवस्थाको स्थापनासँगै माक्र्सवादी र माले एक भई एमाले बने । अब त कम्युनिस्टहरुले केही गर्लान् कि भन्ने आशा पलायो ।

प्रजातन्त्रको पुनःस्थापना पश्चात् २०४७ सालमा भएको आमचुनावमार्फत बहुमत प्राप्त गरी सरकार बनाएको कांग्रेसभित्र गिरिजाको निरंकुशताको कारण दलभित्रको आन्तरिक प्रजातन्त्र सुदृढ भएन । देशमा राजनीतिक अस्थिरताको बिजारोपण भयो । देश मध्यावधिमा धकेलियो । जस्मा कांगेस्रले हार बेहोरी एमालेले अल्पमतको सरकार बनाउने मौका पायो । तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीले प्रथम वामपन्थी प्रधानमन्त्री बन्ने मौका पाए । तर वामपन्थी पेम्री नेपाली जनताको आशा भरोसालाई तुषारापात गर्दै उनले एमाले देखाउनको लागि मात्रै हँसिया हथौडाको ट्रेडमार्क बोक्ने दल तर यथार्थमा सामाजिक प्रजातन्त्रवादी भएको जिकिर गरे । त्यतिमात्रै कहाँ हो र आफूलाई देशभक्त दल बताउने एमालले महाकालीमा राष्ट्रघात गरेपछि वामपन्थीहरु जन्मजात राष्ट्रवादी हुन्छन् भन्ने नेपाली जनताको विश्वासमा समेत घात हुन पुग्दा एमाले फुटेर राष्ट्रवादीहरुको बेग्लै दल माले बन्नपुग्यो । यसप्रकार नेपाली कम्युनिस्ट आन्दोलन यसको इतिहासमा दोस्रोपटक वेवारिसी बन्न पुग्यो ।

बहुदलीय संसदीय व्यवस्थाको स्थापनापछि सरकारमा आएका एमाले नामधारी वामपन्थीहरु राष्ट्रवाद र जनजीविकाको कुरामा चुक्न गएकै कारण आफूलाई क्रान्तिकारी ठान्ने नेकपा एकता केन्द्रको एक झुण्डले संसदीय व्यवस्था भनेको खसीको टाउको देखाइ कुकुरको मासु बेच्ने व्यवस्था हो । यसबाट राष्ट्रवाद र जनजीविकाको ग्यारेन्टी हुन सक्तैन भन्दै आफूलाई अनि माओवादी बताउँदै दीर्घकालीन जनयुद्ध शुरु ग¥यो । हो न हो यी त साँच्चीकै वामपन्थी रहेछन् भनेर नेपाली जनताले विश्वास गरेकै कारण सशस्त्र आन्दोलनले उचाइ लियो । २०औं हजार नेपाली जनताका छोराछोरीहरुले आफ्नो अमूल्य ज्यान गुमाए ।

खरबौंको विकास संरचनाहरु नष्ट भए । तत्पश्चात् भारतको अगुवाइमा भएको १२ बुँदे दोस्रो दिल्ली सम्झौता कार्यान्वयन हुँदै जाँदा एकातर्फ नेपालबाट राजसंस्था उखेलियो तर अर्कोतर्फ ४० लाख आप्रवासी भारतीयहरुले नेपाली नागरिकता पाएपछि बल्ल नेपाली जनताले चालपाए माओवादी जनयुद्ध नेपाललाई सिक्किम बनाउने ग्राण्ड डिजाइनको एउटा कडी रहेछ भनेर । देशभक्त पनि नभएको र नयाँ नेपाल बनाउने नारा दिनपरदिन फोस्रो सावित हुँदै गएको कारण प्रचण्ड आफै ठाडो पुच्छर लगाइ सत्ता छोडी भाग्न वाध्य भए, बाबुरामले त झन् अगाडि बढी आफ्नो असफलता लुकाउन संविधानसभा नै विघटन गरिदिए । माओवादीले न राष्ट्रवाद न जनजीविकाको ग्यारेन्टी गर्न सक्यो भन्दै माओवादी भित्रका आफूलाई राष्ट्रवादी सच्चा वामपन्थी बताउनेहरुले धमाधम पार्टी फुटाउन थाल्दा वैध एकातिर, विप्लव अर्कोतिर र बाबुराम त नयाँ शक्ति भन्दै आफ्नो बाबुलाई बोकी भारतको चारधाम तीर्थ गर्ने अवस्थामा पुग्दा नेपालको वामपन्थी आन्दोलन तेस्रोपटक वेवारिसी अवस्थामा पुग्यो ।

अहिले राष्ट्रघाती, भ्रष्टहरु एकजुट हुने क्रममा एमाले माकेको एकताको नाटक मंचन भइरहेको छ । यिनीहरु भ्रष्ट यसकारण हुन् कि यिनीहरुले आफ्नो अकूत सम्पत्तीको स्रोत जनसमक्ष राख्न चाहेका छैनन् । यिनीहरु राष्ट्रघाती यसकारण हुन् कि यिनीहरुले ४० लाख भारतीयहरुलाई नेपाली नागरिकता दिइसकेका छन् भने प्रचण्डले भारतमा गएर हस्ताक्षर गरेको संयुक्त वक्तब्यमा अन्तर्राष्ट्रिय मामलामा नेपाल र भारतको समान दृष्टिकोण रहने उल्लेख छ जुन महाराष्ट्रघाती कुरा हो । भारतले तिब्बतलाई विखण्डन गर्ने उद्देश्य लिई धर्मशालामा तिब्बतको निर्वासनको सरकार चलाउन दिइरहेको छ भने अमेरिकासँग मिलेर चीनलाई परास्त गर्ने भन्दै अन्तर्राष्ट्रिय कानुन विपरीत आणविक अस्त्रको विकास गदै छ । यस्तो भारतसँग नेपालको अन्तर्राष्ट्रिय मामलामा समान दृष्टिकोण रहन्छ भन्नु नेपालको भुटानीकरण हो । त्यस्तै गरी संविधानसभाले बनाएको संविधान च्यातौ र जनगणतन्त्र स्थापना गरांै भन्ने वैध, विप्लव, मोहनविक्रम अनि कट्टेल हो कि फट्टेल भन्नेहरु एकजुट हुँदैछन् रे भन्ने हल्ला बाहिर आएको छ । यो समूहहरुले लेनिनले जस्तै डुमा विघटन गरी जनगणतन्त्र स्थापना गर्ने हो वा माओले जस्तो चियाङ काइसेकको राष्ट्रिय सेनालाई परास्त गरी जनगणतन्त्र स्थापना गर्ने हो, केही बताएका छैनन् । पहिलो बाटो अपनाउने हो भने यही संसदीय व्यवस्थाभित्र छिरी दुईतिहाई बहुमत पु¥याई संसोधनको नाममा यही संविधानलाई समाजवादी गणतान्त्रिक संविधान बनाउन सकिन्छ । होइन भने पुनः जंगल पसी आफ्नै बुतामा राष्ट्रिय सेनालाई परास्त गर्ने पौरख देखाउन सक्नु पर्दछ जुन झण्डै शतप्रतिशत असम्भव छ । प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले उचाइ लिनुको कारण भारतको
समर्थनको रहेछ भनेर अहिले स्पष्टै भइसकेको परिपेक्ष््रयमा यही बाटो विप्लवले अनुशरण गर्ने त होइन होला ? कि त चीनले सहयोग गर्नु प¥यो त्यो पनि त सम्भव छैन होला ।

यसरी हेर्दा संसदीय ब्यवस्था मान्ने वामनामधारी एमाले माकेले पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई चौथो पटक वेवारिसी बनाएका छन् भने विप्लवहरुको बाटोले पनि कालान्तरमा नेपाल कम्युनिस्ट आन्दोलनलाई वेवारिसी नबनाउला भन्ने आधार देखिएको छैन ।राष्ट्रवादको जगेर्ना, जनजीविकाको ग्यारेन्टी र वैधानिक तरिकाबाट नै जनगणतन्त्र स्थापना गर्छु भनेर जनतासँग मत मागेको मालेले पनि विगतको
चुनावहरुमा नराम्ररी हार ब्यहोनु परेको यथार्थ अगाडि छ । यसले पनि सच्चा नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याएकै छ । मालेले आफ्नो लेनिनवादी अडानलाई कायमै राखेको परिपेक्ष््रयमा एमाले माकेको राष्ट्रघात र भ्रष्टाचारको भण्डाफोर गर्न सकेमा मात्रै नेपाली मतदाताले मालेलाई पत्याउलान् अन्यथा नेपाल कम्युनिस्ट आन्दोलन सच्चा कम्युनिस्ट पार्टीको अभावमा विकृति, विसंगति, अकर्मण्यतातर्फ गएर नसिद्धिएला भन्न सकिन्न । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाइरहँदा सोच्नुपर्ने कुरा यही हो ।
(लेखक नेकपा मालका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति : २०७५–१–१४

फेसबुकबाट तपाईको प्रतिक्रिया