कुम्भ मेला र शिवरात्री उस्तै बनाऔः गगन थापा

काठमाडौ १३ फागुन, २०८१ । भरखरै महाकुम्भ स्नान गरी फर्किएका गगन थापाले पशुपतिमा एक करोड मान्छे ल्याउने सोच राख्न सकिने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको काशीको एक मन्दिरमा वर्षमा ६० करोड भक्तजनले दर्शन गरेको दृष्टान्त सुनाउँदै महाशिवरात्रिको अवसरमा पशुपतिमा पनि यसैगरी मान्छेको भिडलाग्न सक्ने सम्भावना रहेको बताए । हालै भारतको प्रयागराजमा जारी कुम्भ मेलामा नुहाउन गएर फर्किएका गगनले आइतबार रोल्पाको एक कार्यक्रममा बोल्दै आफ्नो विचार राखेका हुन् ।

आफूले यसपटक काशी दर्शन गरको र दर्शन गरेपछि काशीको व्यवस्थापन समितिको मान्छेले नेपालको सांसद भनेपछि उनीहरुले देखाएको स्नेहले निकै आनन्द मिलेको बताए । यसै अवसरमा उनले दैनिक त्यहाँ आउने भक्तजनका बारेमा जान्ने चासो राखेर सोधेपछि विहानदेखि बेलुका सम्म करिव आठ लाखजनाले दर्शन गरेका जानकारी पाए ।

नेपालमा वर्षभरिमा जम्मा ८ लाख पर्यटक भित्रिने गरेको र काशीमा एक दिनमा आठलाख पर्यटन भित्रिएको सुन्दा एउटा राजनीतिककर्मीका हिसाबले आफूले यसलाई गम्भीर रुपमा सोचेको बताए। उनले भने, ‘भगवानको दर्शन सँगसँगै मैले एउटा सपना पनि सोचेँ, ५८ करोड मान्छे, ६० करोड मान्छे काशीको एक मन्दिरमा आउनसक्छन् भने हामीले पनि महाशिवरात्रिका अवसरमा एककरोड मान्छे ल्याउने कोशिस गर्नुपर्छ उनले भने ।

कुम्भ स्नानका लागि जति प्राथमिकता दिए त्यति नै प्राथमिकता शिवरात्रिलाई दिएर पशिपुतमा दर्शन गर्ने हो भने सजिलै एक करोड मान्छे एकैदिन नेपाल भित्रिने उनले बताए । अबका दिनमा यस्तै सोच राखेर अगाडि बढ्नु पर्ने भन्दै उनले आफ्नो धारणा कार्यक्रम मार्फत राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया