कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता

काठमाण्डौ २६ असार, २०७७

कृषि विकास बैंकको १ हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन १०.३५ प्रतिशत व्याजदर रहेको ‘एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरे । सम्झौता पश्चात उक्त ऋणपत्रको दोश्रो बजारमा कारोवार सुरू हुनेछ ।

उक्त अवसरमा कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एन आईविएलएस क्यापिटल लिमिटेडका सञ्चालन अधिकृत रामकुमार महतको समेत उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया