केजरीवाललाई पक्राउ गर्न आदेश

काठमाडौं, ३० चैत ।

नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आद्मी पार्टीका नेता अरविन्द केजरीवाललाई आसामको एक अदालते पक्राउ गर्न आदेश जारी गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ– अघिल्लो सुनुवाईमा अदालतमा उपस्थित नभएको भन्दै अदालतले केजरीवालविरुद्ध यस्तो आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाल र उनको पार्टी दिल्लीमा हुन लागेको एमसीडी चुनावको अभियानमा जुटिरहेका बेला उनीविरुद्ध पक्राउ आदेश जारी गरिएको छ ।

केजरीवालले एमसीडी चुनावमा आफू व्यस्त रहेको बताउँदै पेसीका लागि अरु समय माग गरेका थिए । तर, अदालतले उनको माग अस्वीकार गरेको छ । अब अदालतको अर्को सुनुवाई मे ८ मा हँुँदैछ ।

मानहानीको विषयमा दायर भएको यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यताबारे केजरीवालले गरेको टिप्पणीसँग सम्बन्धित छ । गत वर्षको डिसेम्बरमा केजरीवालले ट्विट गरेर मोदीले जम्मा १२ कक्षा मात्र पढेको र उनको कलेजको डिग्री नक्कली भएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया