केपी ओली कप फुटबल: मच्छेन्द्र र आर्मी क्लब भिड्दै

काठमाडौं फागुन १९, २०८१ । आज (सोमबार) त्रिपुरेश्वरको दरशथ रंगशालामा हुन गइरहेको केपी ओली कप फुटबल प्रतियोगितामा मच्छेन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको यो फाइनल खेल हो । आज भिड्दै गरेको मच्छेन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब दुवै दुईपटकको विजेता हुन् ।
यो प्रतियोगिता आज साँझ ६ बजे हुँदैछ ।
आज हन गइरहेको प्रतियोगिताको प्रमुख अतिथि इटालीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी ब्रुफोन हुनेछन् । उनी हिजो मात्र नेपाल आइपुगेका हुने । सन् २०१६ को विश्वकप विजेता बु्रफोन इटालीका गोलकिपर हुन् । उनको नेपाल आगमनलाई सबैले प्रशंसा गरेका छन् ।
यसैगरी प्रतियोगिताको विजयी क्लबले रु. १५ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने क्रमशः उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख र विधागत उत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया