केपी ओलीले भने, ‘देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्छु’

काठमाडौं-३० असार

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् ।

एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संवादमा भनेका छन्, ‘देउवाजी तपाईलाई समर्थन गर्न सक्छु ।’

देउवाले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने वचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएका थिए । ओलीले विहान देउवासँग फोनमा कुरा गरेका थिए ।

स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो’ भनेका थिए ।

एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा बामदेव गौतमले मंगलबार ओलीलाई माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको अवस्थामा प्रधानमन्त्री पदबाट राजीनामा गर्न आग्रह गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया