केही लघु कविता
–भरत भारद्वाज
१
तल माथि
सोह्र श्रृंगार गरेर छुटेको
तिम्रो नाभीको
सेता खाली क्यानभासमा
सुन्दरी !
अब म भर्न चाहन्छु
मेरा जुँघा र ओठको
कुचीले प्रेमको रङ ।
२
ओ सुन्दरी !
तिमी टाढा नबस
मेरो छेउमा बस
मेरो छेउमा होइन
मेरो काखमा बस
मेरो काखमा होइन
मेरो आँखा, ओठ, औँलामा बस
यत्तिमा मात्रै होइन
तिमी मेरो दिलमा बस ।
३.
सृष्टिकर्ता ब्रह्माको बुद्धि ठिक कि बेठिक ?
जसलाई बढी चाहान्छ
जसलाई मजा हुन्छ
ती पोथीहरु चैं भाले देखि भागिरहने, तर्किरहने
जसको रमाइलो केही क्षणको लागि मात्रै हो
ती भालेहरु चैं पोथीको पछि लागि रहने ।
४.
ए मान्छे !
एक हातले
सुरा समातौं
अर्को हातले सुन्दरी समातौं
र जीवनको नदीमा पौडी खेलौं
बाहिर बसेर हुँदैन ।
५.
रातभर उनको नरम कोमल
सुन्दर रुपमा, तनमा
मेरो कालो झुस्स दारी दलिरहें
अझ बेसी उनको घाँटीमा
गालामा, छातिमा, नाभीमा, ढाडमा, नितम्वमा,
तिघ्रामा, पिडुलामा दलिरहें
उ चैं मस्तले पग्ली रही, रमी रही
विहान ब्युझिँदा त
आफ्नैं सिरानी फाटेर
धुजा धुजा भैसकेछ ।
प्रकाशित मिति २०७४-१०-११
फेसबुकबाट तपाईको प्रतिक्रिया