कैलाली बन्द
काठमाणडाै २४ मंिसर
पुष्पकमल दाहाल सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वी झापा, मोरङ, सुनसरीबिनाको संविधान संशोधनको बिरोधमा आह्वान गरेको कैलाली/कञ्चनपुर बन्दले यहाँको जनजीवन प्रभावित भएको छ। संघीय गठबन्धन तथा थरुहट/थारुवान संघर्ष समिति कैलालीले बन्द गरेकाे हाे ।
बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, बजार व्यवसाय र विद्यालय बन्द छन्। लामो तथा छोटो दुरीमा सञ्चालन हुने सवारीसाधन नचल्दा यात्रुको बिचल्ली भएको छ। विगत तीन दिदेखि बढेको चिसोका कारण गन्तव्यसम्म पुग्न यात्रुलाई कठिनाई भएको छ।
यसअघि मंसिर २२ र २३ गते एमालेले प्रधानमन्त्री कैलाली आएको बेला संविधान संशोधनको विषयलाई लिएर बन्द गराएका थिए। लगातारको बन्दले जनजीवन झनै प्रभावित भएको छ। बन्दमा अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, कूटनीतिक नियोग, पत्रकारलाई अवरोध गरिएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया