कैलाश विकास बैंकको नयाँ शाखा ईटहरीमा

काठमाडौं, ८ मंसिर ।

सुनसरीको ईटहरीमा कैलाश विकास बैंकले  आफ्नो ४१ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बुधबारबाट आरम्भ भएको शाखाको उदघाटन बैकका संचालक उद्घवराज पुरीले एक समारोहका बिच गरे ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटीएम संख्या २० पुगेका छन् । बैंकले निकट भविश्यमा कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप दुई शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व २९ करोड रहेको छ । उक्त पूजींमा १० प्रतिशतका दरले बोनश शेयर जारी गर्ने स्विकृती नेपाल राष्ट्र बैंकले दिईसकेकोले वार्षिक साधरण सभा पश्चात संस्थाको चुक्ता पुंजी रु.२ अर्व ५२ करोड पुग्नेछ । यस संस्थाले कार्तिक मसान्त सम्म रु.१८ अर्व ५३ करोड निक्षेप संकलन गरी रु.१६ अर्ब १५ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया