कोरोना कहरको विषम परिस्थिति : हाम्रा दायित्व के हो ?
शिव कुमार श्रेष्ठ
चीनको वुहानबाट शुरु भएको कोभिड–१९ पहिलो लहरले नयाँ रुपमा विकाश गरि आक्रान्त रुपमा परिणत भई विश्वको ३४ लाख मानिसलाई मृत्युको मुखमा पु¥याई दिएको छ भने १६ करोड मानिस यस कोरोना भाइरसबाट संक्रमित भई विश्व मानव समुदायलाई प्रताडित भएका छन् । कोभिड–२ को दोस्रो लहरमा भारतीय भेरियन्ट, ब्राजिलियन भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट र युके भेरियन्ट गरि चार प्रकारको देखिएको छ । नयाँ भेरियन्टले नयाँ र झन विकरालरुप धारण गरि स्वरुप परिवर्तन गरेको छ । नयाँ स्वरुपको भाइरस कोभिड १ भन्दा अढाइ गुणा कडा र असरदार भएको विज्ञहरुको भनाई छ । यो खास गरि विद्यालय जाने उमेर समुहका बालबालिका लगायत युवा वर्गमा वढी देखिएको छ । पहिलेको कोरोना १ ले वृद्ध बृद्धालाई वढी आक्रमण गरेको थियो । भने वच्चावच्चीमा ज्यादै न्युन संख्यामा संक्रमण देखा परेको थियो । शताब्दीकै घातक कोभिड १९ महामारीले विश्व मानवजीवन र विश्वअर्थतन्त्रलाई अस्तव्यस्त बनाएको छ । यसले नागरिकको आर्थिक, सामाजिक, मानसिक र स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दा अपराध र काला वजारीमा वृद्धि भएको छ ।
मानिसमा अनौठो बेचैनी, रोग भोग र भयग्रस्त भविष्य, मनोविज्ञानमा सम्पूर्ण जनता, समाज, देश र विश्व समुदाय नै आक्रान्त छन् । अहिले रोग र त्रासले मानिसको मनोविज्ञानमा धेरै असर पर्न सक्छ र पारी रहेको छ । महाव्याधीले हामीलाई उत्कृष्ट तरिकाले वाँच्ने वा काम गर्ने विषयमा पुनः विचार गर्ने अवसर मात्र गरेको नभई वरु यसले हामीलाई विश्व व्यवस्थाको संरचना र कार्यशैली पुनः विचार गर्ने अवसर पनि प्रदान गरेको छ । कोरोना भाइरस महाव्याधीबाट मानिसहरुको जीवन चर्चा र जीवन बचाउन महत्वपूर्ण हुन्छ । यसका लागि राष्ट्रिय स्वार्थ भन्दा माथि उठेर गरिने प्रयासले मात्र विश्व मानव समुदायको भलो हुन्छ । विगतका विभिन्न रोग व्याधीबाट वच्नका लागि गरिएको सहकार्यबाट सिक्न र उपलब्ध सिमित स्रोत साधनलाई विश्वव्यापीकरण र रणनीतिक रुपले साझेदारी गर्नुमा हरेक मुलुकको राष्ट्रिय हितको साथै मानव महासंकटबाट वच्ने हितकर उपाय हुने छ ।
कोरोना कहरको यो नयाँ उभार र संकटको घडिमा सौहाद्रर्ता र आपसी सहकार्यको खाँचो टड्कारो रुपमा हाम्रो सामु खडा छ । यो घडिमा सहयोगी हातहरुको उत्तिकै अपरिहार्यता छ । स्वास्थ्य सम्बन्धी हरेक आयामलाई आफ्नो धर्म र कर्म नै ठानेर निरन्तर लाग्ने महामानवहरु पनि धेरै छन् । जनताका खातिर पैरवी गर्दै स्वास्थ जीवन जिउन पाउने हक अधिकारका पैरवी गर्ने पनि छन् भने कोरोना कहरको मौका छोपी, मौकामा चौका दाऊ हान्ने नरपिचासहरु पनि प्रशस्त पाईएका छन् । संक्रमितहरुको रोदन र क्रन्दनहरु उनीहरुलाई के वास्ता ? मानिसको जीवनसँग खेलवाड गर्दै कोभिडको औषधि रेम्डिसिभिर लगायत विभिन्न औषधि, अक्सिजन ग्यासमा अनुचित फाइदा लिँदै कालाबजारीकरण गरेका छन् । निजी अस्पताल, नसिंङ होम र केहि औषधि पसलको त अवसरको फाइदा उठाउँदै पैसा कमाउने चाडपर्वका रुपमा परिणत भएको छ । सुरक्षा सामाग्री अक्सिजन र चिकित्सकजन्य सामाग्रीको अभाव हुँदै गइरहेको छ ।
खोप ल्याउन करोडौको कमिशनको चलखेल भएको खबर वाहिर संचार माध्यममा आएको छ । कमिशन चल खेलका नरपिचास जो ३ करोड नेपाली जनतको जीवनसँग खेलवाड गर्नेलाई सर्वश्व सहित जन्म कैद सजाय दिदा फरक पर्दैन । कोरोना म्युटटे हुनुमा मानिसका गतिविधिहरु वढी जिम्मेवार छन् । अहिले सम्पूर्ण नेपाली रोग, भोग र शोकले प्रताडित छन । डब्लुएचको महानिर्देशक टे«ड्रोसले नियमित प्रेस सम्मेलन मार्फत नेपाल र भारत कोरोना संक्रमणले चरम संकट परेको निष्कर्ष छ । त्यस कारण नेपाल र भारतको संरचनाले धान्न नसकेको दुवै मुलुकलाई आपतकालिन सबै खाले सहयोग गर्ने प्रेस सम्मेलन मार्फत जानकारी गराए । नेपाल सरकारले पनि ०७८ जेष्ठ २ गते नेपाल स्थिति सबै राजदूतहरुलाई कोरोना कहरमा सहयोग गर्न अनुरोध गरेको छ । त्यस्तै विदेशमा वसेका वा कामको शिलशिलामा विदेशीएका नेपालीहरुले पनि आफ्नो गाँस काटेर यसमा सक्दो एनआरएन मार्फत अक्सिजन ग्यास सिलिन्डर लगायत विभिन्न स्वास्थ्य सामाग्री पठाइ सराहनिय काम गरेका छन् । नेपाल भारत लगायत विभिन्न देशहरुमा भारतीय भेरियन्ट कोभिड–१९ को नयाँ रुपले विकराल रुप लिएको बखत विरामीले श्वास फेर्न नसकि छट्पटाई रहेको समय सजिलै अक्सिजन आपूर्ति गर्न सके विरामीले चमत्कारी रुपले राहत महशुस गर्ने थियो । र विरामीले अक्सिजन नपाई मृत्युवरण गर्नु पर्ने थिएन । अक्सिजन ग्यासका आविष्कारक विटिश वैज्ञानिक जोसेफप्रिस्टेले अलग रुपमा अन्य ग्यासबाट छुट्याउन सफल भएका थिए । जसका कारण विश्वका विभिन्न रोगीका लागि जीवनदायनीको रुपमा छ ।
कोरोनाको आगो वल्न शुरु हुँदा हुँदै केहि कार्यले पूर्ण रुपमा रोकिने त होइन । हाम्रो जस्तो अल्पविकसित दशले आफ्ना
हैसियत अनुसार कार्य त गरेकै देखिन्छ । सरकारलाई मात्र सम्पूर्ण दोष नदिई नागरिक आफैले पनि यसबाट वच्ने उपायहरु अनिवार्य र कडा रुपले अवलम्वन गर्ने दायित्व पनि हुन्छ । सरकार, समाजका जागरुक नागरिक समाज सल्बलाएमा चाहि कोरोनाले गति लिन सक्दैन । कोरोना कहरको संकट पार लगाउन समाधानको ठोस समाधान सूत्र फेला नपरेकाले अझै चुनौति पूर्ण दिनको सामना गर्नु हुन्छ । कोरोना भाइरसका सामू हाम्रा प्रयासहरु फितलो र प्रभाव न्यून वनेकोले जोखिम टरेको छैन ।
कन्ट्याक्ट टे«सिङ् थप सशक्त बनाउन, परिक्षणको दायरा र उपचार सेवा आवश्यक भएकालाई व्यवस्था मिलाउन अग्रसर हुनु पर्दछ । यो विषण परिस्थितिमा कमजोर सामाजिक, आर्थिक अवस्थाका दीर्ध कालिन रोग भएका अपांगता भएकालाई राज्यले सहयोग गर्नु दायित्व हुन्छ । कोरोनाको दीर्ध कालिन औषधि भनेकै मास्क, सेनिटाइजर र भौतिक दुरी नै हो । यी तीन मुल मंत्र धेरै भन्दा धेरैले पालन गरे थोरै भन्दा थोरै मात्र संक्रमित हुने कुरामा निर्विल्पका रुपमा सावित हुने छ । यस कोरोना भाइरसका विषणुहरुलाई मानवबाट जनावर र वातावरणमा सर्नबाट जोगाउन थप प्रयास गर्नु पर्दछ । कोरोना कहरको यस विषम परिस्थितिमा हामीले उच्च सर्तकता नअपनाए अझ भयावह विकराल र विराट हुन लिइमानव समुदाय नै संकटमा नपर्ला भन्न सकिन्न । आपूm बचौ, र अरुलाई पनि बचाऔ, भन्ने मनन गरि सिंगो मानव समुदायको संरक्षणको लागि अग्रसर होऔं ।
प्रकासित मिति २०७८–२–१५
फेसबुकबाट तपाईको प्रतिक्रिया