‘कोरोना र अरु बिमालाई एउटै डालोमा हालेर हेर्न मिल्दैन’ सिइओ पौडेलसँगको अन्तर्वार्ता

नारायण प्रसाद पौडेल
सिइओ, प्रभु लाइफ इन्स्योरेन्स

 कोभिड–१९ को बिमा क्षेत्रमा कस्तो प्रभाव रह्यो । यहाँले कस्तो प्रभाव महसुस गर्नु भएको छ ?

कोभिड १९ को बिमा क्षेत्रमा मात्रै होइन् सबै क्षेत्रमा र संसारभरि नै असर छ । त्यो हामी सबैले बुझेकै कुरा हो । ४–५ प्रतिशतले विश्व अर्थतन्त्र संकुचन हुन्छ भनिएको छ । नेपालको पनि आइएमएफको पछिल्लो अनुमानमा यो बर्ष सन् २०२० मा आर्थिक बृद्धिदर शुन्यमा झर्छ भन्ने छ । यस्तो अवस्थामा जस्तो बिमा,बैक, होटल, टा«भल टे«किङ, एयरलाइन्स, पर्यटन सम्बद्ध व्यवसायहरु अझ बढी प्रभावित छन् । त्यसैले प्राकृतिक रुपले नै यसको प्रभाव नपर्ने भन्ने कुरा भएन । हामी खासगरी चैत्र, बैशाख र जेष्ठ ३ महिना अत्यन्त प्रभावमा पर्यौ । किनभने हाम्रा कार्यलयहरु पनि खुलेनन ्। हामी अफिस आउन पनि सकेनौ । त्यो अवस्था भएन । हाम्रा अभिकर्ताहरु परिचालन गर्ने अवस्था भएन । भेटघाट नै नहुने भएपछि त्यो सम्भव भएन । त्यसैले ३ महिना त व्यवसाय अत्यन्तै अबरुद्ध भयो । अघिल्लो बर्षको सोही महिनाको तुलना गर्दा हामी नेगेटिभमा पनि गयौं । तर हामीले असारबाट विस्तारै अवस्था सुर्धदै गएको छ । अहिले हामीले चौथो महिनासम्मको रिर्पोट तयार गरिसकेका छौ । अहिले चाँही हाम्रो व्यवसायमा क्रमश सुधार हुदै गएको छ । अवस्था विस्तारै नर्मलिकरण हुदै आएको छ ।

 बिमा क्षेत्रमा जनताको पहुँच विस्तार हुन सकेन भन्नेछ । किन होला?

यसमा दुई तिन वटा कुरा छन् । ०७५ फागुनसम्ममा १८ प्रतिशत मानिसको पहँुच बिमामा थियो । अहिले २२ प्रतिशत पुगेको भनिएको छ । वैदेशिक रोजगारी र म्यादी जिवन बिमा समेत समावेश गर्ने हो भने २६ प्रतिशत मानिसको पहुँच बिमामा भएको देखिन्छ । त्यो पर्याप्त त हुदै होइन । बिमाको पहुँच अनुपात सन्तोषजनक होइन । कसरी बढाउने बिमा व्यवसाय र बिमा साक्षरता भन्दा माग र आपुर्तिका कुरा हुन्छन् । जनताको आवश्यकता के हो? बिमा किन गर्ने? केका लागि गर्ने? कतिको गर्ने? त्यसको लागि आम्दानी आफुसँग छकि छैन? ति कुराहरु हेर्नुपर्ने हुन्छ । बिमा किन गर्ने, यसको महत्व के हो? यो गरेर के हुन्छ ? भन्ने कुरा बुझाउन आवश्यक छ ।
यसबाट जोखिमको सुरक्षा हुन्छ । यसबाट भविष्यको बचत हुन्छ भन्ने कुराको एजुकेशन पहिलो सर्त हो । आवश्यकता, रुची र चाहनाका कुराहरु पनि हुन्छन् बिमाका निम्ती । अलिकति आर्थिक रुपले सम्पन्न मान्छेका त्यही अनुसार स्थार्थ, चाहना र आवश्यकता हुन्छन् । अलिकति मध्यम बर्गको त्यही किसिमको होला । फेरी परिवार संरचनाले पनि फरक पार्छ । बुढेसकालमा रहेका व्यक्ति विशेषको परिवारमा धेरै छन् भने त्यहाँ अर्कै किसिमको बिमा सेवा आवश्यकता पर्ला । त्यूस्तै बच्चाबच्ची हुर्कदै गरेका, पढाउनु पर्ने, भोली विहावारी गर्नुपर्ने अवस्था छन् भने त्यहाँ फेरी अर्को आवश्यकता हुनसक्छ । त्यसैले आवश्यकताको पहिचान गर्नुपर्यो, आम्दानीको हैसियत मुल्याङकन गर्नुपर्यो, आफना लागि अप्रत्याशित सम्भावित घट्नाहरु के के हुन सक्छन् र त्यसका विरुद्धमा रक्षावरण किन लिनु पर्ने भन्ने कुरा बुझ्न पर्यो । पहिलो महत्वपूर्ण कुरा बिमा साक्षरता अथवा वित्तिय साक्षरतालाई नै बढावा दिनुपर्छ । यसमा नेपाल सरकारले पनि आफनो ढंगले पहल गरिरहेको छ । बिमा समितिले पनि गरिरहेको छ । जिबन, निर्जिवन र पुर्नर विमा कम्पनी गरेर अहिले ४० ओटा कम्पनीहरु अस्तित्वमा छन् । यी कम्पनीहरु आफना आफनै ठाउँमा, आआफनै भुमिकामा छन् । त्यसैले स्टेक होल्डर सबैको सामुहिक प्रयास र अभ्यासबाट हामीले बिमा शिक्षालाई बढावा दिएर बिमा पहुँच क्रमश बढाउँदै लैजान आवश्यक छ ।

 बिमा कम्पनीहरुले शाखः बचाएनन्, बिमा व्यवसायले गति लिन सकेन भन्ने छ नि ?
बिमा व्यवसाय गर्न सकेका छैनन् भनेर भन्न मिल्दैन । यहाँ अरबौ रुपैयाँको ब्यवसाय भएको छ । १९ ओटा त जिवन बिमा कम्पनी नै छन् । ती १९ ओटा एउटै हैसियतमा त छैनन् । तिनलाई पनि दुइ भागमा हेर्ने हो भने स्थापित र भर्खर नयाँ आएका हामी जस्ता पनि छौ । त्यसैले व्यवसाय अभिवृद्धि भएन भन्ने त होइन । सन्तोषजनक भयो वा भएन त्यो बहसको विषय होला । अर्को कुरा कोरोना माहामारी बीच बिमा कम्पनीहरुले विश्वास जगाउन सकेनन् भन्ने कुरा कोरोना बिमामा के छन् त्यहाँ केही समस्या होलान् । हाम्रो त जिवन बिमा पर्यो । कोरोना भएकै प्रमाणित गर्ने व्यहोरामा केही कुरा उठेको थियो । जस्तो सरकारी अस्पतालले जारी गरेको मात्रैलाई भ्यालुइड गर्ने भन्ने खालको कुराहरु पनि उठेको थियो । पछि गएर त्यसलाई अलिकति करेक्शन गरेको अवस्था पनि छ । त्यसैले कोरोना बिमाको सन्र्दभमा दाबी भुक्तानीलाई संकेत गरेर प्रश्न गर्नु भएको हो भने मलाई भन्दा कोरोना बिमा गराएका साथीहरुलाई प्रश्न गर्नु उचित होला । निर्जिवन बिमा गर्ने साथीहरुलाई सोध्दा राम्रो होला । जसले यो व्यवसाय गर्नु भएको छ । कोरोना बिमाकै कारण अरु सबै बिमालाई जनरलाइज गरेर एउटै डालोमा हालेर हेर्न मिल्दैन ।

 सर्बसाधारणले प्रभु लाइफ इन्स्योरेन्स नै रोज्नुपर्ने त्यस्तो के विशेषता छ ?
यो एउटा ब्राण्डेड कम्पनी हो । प्रभु बैक, प्रभु गु्रप भनेको नेपालको प्रसिद्ध व्यवसयायिक गु्रप हो । अर्को प्रोडक्टहरु, प्रोडक्टका फिचरहरु, प्रोडक्टको प्राइसिङ जसलाई हामी प्रिमियम भन्छौ । जसमा १९ ओटा कम्पनीहरुले आ–आफनै किसिमका निकालेका हुन्छन् । त्यसमा हाम्रो मात्रै सर्बोकृष्ठ छ भनेर कसैले भन्न सक्दैन । कहाँ जाउँ, मेरो उपयुक्त प्रोडक्ट कुन हो भन्ने् कुरा पब्लिकलाई च्वाइस हुन्छ । मलाई लाग्छ त्यो च्वाइस गर्ने क्रममा प्रभु लाइफ इन्स्योरेन्सले प्रस्ताब गरेका जिवन बिमाका अहिले जतिपनि प्रोडक्टहरु छन् । त्यसमा तोकिएका फिचरहरु छन् । त्यसका लागि चाहिने इन्योरेन्स प्रिमियमहरु छन् । बिमा शुल्कहरु छ, त्यो मनाशिव छ । त्यो जसलाई लाग्छ त्यस्ताहरुले प्रभु लाइफसँग जोडिनुस् भन्ने हाम्रो आग्रह रहन्छ ।

प्रस्तुती : रिसब गौतम/देबी प्रसाद चौलागाँई
           प्रकाशित मिति २०७७–९–१

फेसबुकबाट तपाईको प्रतिक्रिया