कोरोनाको सबैभन्दा ठुलो मारमा कलाकार छन्

गायत्री थापा,
लोकगायिका–रचनाकार एवं अध्यक्ष– शिबदर्शन फिल्म्स प्रा लि

१) कोरोना भाइरसको माहामारी सुरु भएपछि सरकारले देशमा लकडाउन गर्यो । यसबीच तपाइको जिवनचर्या कसरी वितिरहेको छ ?

मैले लकडाउन भनेर थपक्क घरमा मात्रै बसेकी छैन । त्यसरी दिन विताउने गरेकी छुइ्न । मैले यो समयमा धेरैजसो लकडाउनको कारण अप्ठेरोमा परेका दिनदुखी, गरिव लगायतको सेवामा समय खर्च गरिरहेको छु । मैले खासगरी मास्क, सेनिटाइजरको प्रयोग गर्दै पासहरु लिएर घर बाहिरसम्म निक्लिएर स्वयम्बु एरिया, डल्लु, बनस्थली देखि भित्रका एसियामा जो दुख पाउनेहरु छन् । उहाँहरुलाई मैले आफैले कति सक्छु त्यो ब्यक्तिगत तबरमै राहत तथा सहयोग गरिरहेको छु । मेरो स्वभाव के छ भने अरुसँग मागेर होइन् आफैले कमाएको र आफनै घर सम्पत्तिबाट सहयोग गर्ने गर्छु । आफनो क्षमता, बल, बुद्धिले भ्याएसम्म यो संकटको घडीमा मानविय सेवाको काम गर्नुपर्छ भन्ने लागेर गरिरहेको छु । अहिलेसम्म मैले ब्यक्तिगत रुपमा ३२ जनालाई खाद्यन्य राहत दिइसकेको छु । अरु पनि दिने क्रममा छु । मलाई झुटो कुरा गर्न आउँदैन । धेरै गरेको छु भनेर पनि भन्दिन । तर यो संकटको घडीमा एउटा नेपालीले अर्को नेपाली दाजुभाइलाई सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।भुकम्प आउँदा पनि मैले यसैगरी सकेजति राहत वितरण गरेको थिएँ ।

अरुबेला त कमाएर खान सक्छन् यो बेला त्यो पनि अवस्था छैन । त्यसकारण पनि मर्कामा परेकालाई हुनेखानेले सहयोग गर्नुपर्छ भन्ने लागेर गरेको हुँ । हालसम्म मैले २ लाख जतिको राहत दिएको छु । खासगरी बेलुका बिहान निस्कन्छु । दिँउसो चाँही आफनो शिवदर्शन प्रालिको गीतहरु अलिअलि प्रमोशन गर्ने, सामाजिक सञ्जालहरुमा आफनो सक्रियता देखाउने गर्छु । टिकटक खोलेको छु त्यो पनि चलाउँछु । कतिपय बेला लेख्ने र किताब पढ्ने आदि गरेर मेरो दैनिकी चलिरहेको छ । यसबीच मैले तीजको चार पाँचको ओटा गित पनि लेखेको छु । तर यसैगरी लकडाउन बढिरह्यो भने तीजका गीत रिलिज गर्न पनि नपाइएला जस्तो लाग्छ ।
२) तपाइले आफनो घरको घरभाडा पनि मिनाहा गरेको भन्ने कुरा आएका छन नी ?

परिस्थीति लम्बियो भने म अरु थप गर्न पनि सक्छु । तर अहिलेलाई मैले घरमा बस्नेहरुको बैशाख महिनाको भाडा मिनाहा गर्ने घोषणा गरिसकेको छु । मेरोमा पसलहरु गरेर बस्ने पुराना मान्छेहरु पनि छन् । बनस्थली ढुङगेधारामा अलिक सेन्टरमा घर भएकोले मेरोमा बस्नेहरु धेरै सरिरहने खालका हुदैनन् ।

६–६ कोठाको तीन फ्ल्याटको मैले छुट गरेकी हुँ । मैले ती फल्याटहरुबाट महिनावारी ८० हजार जस्तो संकलन गर्ने गरेकी थिए । यद्यपी मेरो पनि बैकमा थुप्रै लोन छ । धन भएर भन्दा मन भएर नै मैले भाडा छोडेकी हुँ । तर म परिस्थीति हेरर फेरी पनि हेर्नु परे हेर्छु । गुल्मीमा रहेको गाउँको घरको पनि मैले भाडा छुट गरेकी छु । त्यहाँ पनि मैले राहत बाँडे ४० हजार जतिको । त्यहाँ म जान त पाइन । उनीहरुले हजुरकै हातबाट थाप्न पाए राम्रो हुन्थ्यो पनि भन्नुहुन्थ्यो । तर जान भने सकिएन । मरेर लाने कसैले केही होइन । दुख पर्दा अरुलाई हेरेकै जाति हुन्छ भन्ने लागेर अलि अलि गरिरहेको छु ।

३) तपाइत ख्याती कमाइसक्नु भएको लोकगायिका एवं रचनाकार हुनुहुन्छ । कोरोनाको प्रभाव कला क्षेत्रमा कस्तो परिरहेको छ त?

कोरोनाको कला क्षेत्रमा एकदमै मार परको छ । यो क्षेत्र अब हत्तपत्त त्यतिकै तंरिन सक्ला जस्तो मलाई लाग्दैन । सरकारले यस क्षेत्रलाई राहत पनि दिएको छैन । स्टेजमा कार्यक्रम गरेर जिविकोपार्जन गर्नेहरु थिए, होटल रेष्टुरेन्टमा गाउने कलाकारहरु थिए सबैको रोजीरोटी खोसिएको छ । अलिकति कमाइसकेका र स्थापित कलाकारहरुलाई त यसले असर गरेन होला । तर संर्घष गर्दै गरेका कलाकारहरु जो आर्थिक रुपमा पनि विपन्न छन् उनीहरुको हातमुख जोर्ने अवस्थासम्म छैन अहिले । ५ जना जति लोकदोहोरी क्षेत्रका कलाकारहरुलाई त यसबीच मैले नै पनि अलिकति सहयोग गरेको छु । यसरी लोकदोहोरि क्षेत्रमा धेरै मार परेको छ । फिल्महरु रिलिजका पर्खाइमा थिए । ती अड्केका छन् । लाखौ लगानी डुबेको अवस्था छ । अझ सबैभन्दा बढी मार सहायक भुमिकामा हुने कलाकार, क्यामेरा पर्सनहरु परेका छन् । सरकारले देशको संकृति, संकारको जर्गेना गर्ने मुधन्य कलाकारहरुलाई राहत प्याकेज ल्याउनु पर्छ भन्ने मेरो आग्रह छ ।
प्रस्तुती : देबी चौलागाँई

प्रकासित मिति २०७७–१–१२

फेसबुकबाट तपाईको प्रतिक्रिया