क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको पनि बताए ।
उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउँदै उनले क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताए । मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक स्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया