क्युकोशिन बुदो कराते प्रतियोगिता २०७४को भब्य उदघाटन

काठमाडौँ ५ फागुन

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रथम राष्ट्रव्यापी खुल्ला क्योकुशिन बुदा कराते प्रतियोगिता २०७४ को नेकपा माओबादीका नेता तथा सांसद रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा भब्य रुपमा काठमान्डौ स्थित स्वयम्भु भुइखेलको ग्राउंन्डमा उदघाटन भएको छ । विभिन्न जिल्लाबाट आएका खेलाडीहरुका माझ प्रमुख अतिथि बादलले खेलाडी भनेका देशका गहना हुन्। उनीहरुका लागि अब आउने सरकारले विभिन्न सुबिधा तथा उचित तालिमका लागी ध्यान पुर्याउने बताउनु भएको छ। यस्ता खालका प्रतियोगिताहरु समय समयमा भए खेलाडीहरुको मनोबल बढनुका साथै अझै धेरै प्रशिक्षित हुने मौका पाउने कार्यक्रमका विशिष्ट अतिथि ईश्वरमान डंगोलले बताउनु भयो।

यस्ता खालका प्रतियोगिताहरु सरकारी तबरबाट हुनपर्ने संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भुषण महर्जन बताउनु भयो। खेलकुदलाई मर्यादीद तथा अनुशासित बनाउन खेलाडी तथा रेफ्रिहरु लागी पर्नुपर्ने अर्का बिशिष्ट अतिथि रामबहादुर बम्जनले बताउनु भयो।यस प्रतियोगिता पुरुष तर्फ ३५के जी , ४५ के जी, ५५के जी मुनी तथा ६५ केजी भन्दा माथी खुल्ला प्रतियोगिता रहने छ । महिलातर्फ ५०केजी ,५५ के जी मुनी तथा ५५ केजी भन्दा माथी खुल्ला प्रतियोगिता रहने छ। उक्त प्रतियोगिता २०७४ साल फाल्गुन ४ र ५ गते हुने संस्थाका महा सचिव अजय मर्हजनले जानकारी दिएका छन । यस खेल नेपालमा विधिवत रुपमा २०७४ साल आश्वीन २३ गते राखेपमा दर्ता भई खेल्न थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया