खड्काका परिवारलाई नेपाल लाईफद्वारा बिमा रकम हस्तान्तरण

काठमाडौं ३० साउन  ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुर्गा कुमारी खड्काका परिवारलाई बिमा गरीएको रकम १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । गत साउन २८ गते बाढी पहिरोमा परि सिन्धुली कमलामाई नगरपालिका वडा नं.६ बस्ने दुर्गा कुमारी खड्काको निधन भएको थियो । मृतकका परिवारलाई कम्पनीले २४ घण्टा भित्रै सो रकम हस्तान्तरण गरेको हो ।

उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका श्रीमान उदय बहादुर खड्कालाई प्रदान गरेका थियो । स्व. बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार तीन सय चार रुपैयाँ बीमा शूल्क बुझाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया