खानी खोलाको साधारणशेयर आउँदै

बिजनेसपाटी सम्बाददाता\ काठमाडौँ ९ जेस्ठ 

जेठ १६ गतेबाट खानी खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । खानी खोला हाइड्रोपावर कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीको शेयरमा न्युनतम १०  देखि अधिकतम १  हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले ९ करोड ३१ लाख ४२ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल नौं लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

यो साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले सिभिल क्यापिटल मार्केट कमलादी काठमाडौ तथा खानी खोला हाइड्रो पावर कम्पनी धुमबराही, सिनेपालगन्ज, हेटौडा, इटहरी , भल बैंकका शाखा कार्यलय पोखरा, बुटवल,विर्तामोड, धनगढी र वागमति डेभलपमेन्ट सर्लाहीबाट आवेदन दिन सकिने बताईएको छ

 

फेसबुकबाट तपाईको प्रतिक्रिया