“खास नेपाली” कवितामा युगकवि
स्वयम्भू शाक्य
नेपाल कर्मभूमिको देश हो । जसले कर्म गरिन्छ उसलाई आफ्नो देशले पनि चिन्न खोज्छ । जसले कर्मलाई उपेक्षा गरिन्छ । उसलाई आफ्नो देशले पनि चिन्न छोडिन्छ । त्यसैले हामी साँच्चै नेपाली हौँ भने नेपाललाई धेरै माया गर्नुपर्छ । आफ्नो देशलाई नजिकबाट चिन्न सक्नुपर्छ । घरका समस्याहरू के हो भनी बुझ्न सक्नुपर्छ । अरु कसैलाई केही नभनी आपूm–आपूmबीच मिलेर समस्याको समाधानको बाटोमा लाग्न सक्नुपर्छ । तब मात्र त्यस्तो मान्छे नेपाली हुनसक्छ । होइन भने केवल जन्मको आधारमा मात्र ऊ नेपाली भएर पनि नेपाली कहाँ हुनसक्छ र ? जसले आफ्नो देशको कुभलो चिताउँछ, जसले आफ्नो देशको विखण्डन खोज्छ, जसले आफ्नो देशको अशान्ती हेर्छ, जसले आफ्नो देशको भोक र प्यासलाई कुल्चिन खोज्छ । त्यस्तो नेपालीलाई हामी कसरी नेपाली भन्न सक्छौं ?त्यस्तो नेपालीलाई हामी कसरी वीरको दर्जा दिन सक्छौं ? त्यस्तो नेपालीलाई हामी कसरी मान्छे भन्न सक्छौं ? त्यस्तो नेपालीलाई दानवको रूपमा हामी किन स्वीकार नगरौं ? त्यसैले हामीलाई त्यस्तो नेपाली चाहिएको छैन, जसले आफ्नो देशलाई विषाक्त पारुन् । आफ्नै नेपालीहरूको रगत र पसिना चुसेर सधैं आपूmमात्र बलिया र मोटा घाटा रहुन् । जसले जति सुख र सुविधा भोगे पनि नेपाली जनताको टाउकोमा कुल्चिने प्रयास गरुन् । जसले नेपाली जनताहरूलाई सिमलको भूवा जस्तै हलुको ठानुन् । त्यस्ता नेपालीहरू हामीलाई चाहिँदैन । त्यस्ता नेपालीहरू हामीलाई आवश्यकता छैन । जसले भोक लागेको बेला एकमुठी अन्नदिन सकुँन । जसले प्यास लागेको बेला एक अँजुली पानी देऊन् । जसले अशान्ती भएको बेला शान्तिको विगुल फुक्न सकूँन् । जसले हामी सबै नेपालीहरूलाई समान र सद्भावले हेर्न सकूँन् । त्यस्तो पो नेपाली हुनुपर्छ । जो नेपालमा जन्मेर खास नेपाली भएर बाँच्न सक्नुपर्छ ।
विषालु किराले रोगव्याधी पैmलाउने गरिन्छ । हामीले कहिल्यै सोचेका थिएनौं यौटा विषालु किराले पनि हामी माथि किन विषगमन गर्दैछन् ? हामीलाई के थाहा प्रकृतिले जन्माएको त्यो विषालु किराले जसलाई पायो उसैलाई नै टोकेर मान्छेहरूलाई किन दुःख दिन खोज्दैछन् ? प्रकृतिसँगै रमाएर बस्नुपर्ने हामी सबै प्राणीहरू किन बैमनस्य भएर छुट्टिएर बसिरहेका छन् ? किनकि सर्पको जस्तो तिम्रो जिब्रोमा पनि विष छ । बाज जस्तो तिम्रो हातमा पनि नङ्गा छ । बाघ जस्तो रगत र मासु खाने तिम्रो आहार छ । जुगा जस्तो थाहा नपाई नपाई रगत चुस्ने तिम्रो बानी छ । त्यसैले आफ्नो देशमा जन्मेर के भो ? यो त राष्ट्रघात हो । यो त ज्यानमारा शैली हो । यो त छुन नहुने विषहो । यो त हेर्न नसक्ने अत्याचार हो । त्यसैले यस्ता स्वदेशी विषालु किरालाई पाल्नु भन्दा मार्नु जाती छ । महायुद्धमा अन्याय र अत्याचारीहरूलाई सदाका लागि संग्राम गर्नु उचित छ ।
हुँदैमा जन्म नेपालको
कहिन्न खास नेपाली
“विषालु कीट जन्मेर
फिंजाए रोग बेगिन्ती
स्वदेशी हुन् भनी खाली
नमारौं के किरालाई ?
हुँदैमा जन्म नेपालको
कहिन्न खास नेपाली”
आत्मा र परमात्मा एक रूपतामा आधारित छन् । देह र आत्मा दुईटा स्वरूपभए पनि जीवन्त पाउन एकाकारमा आधारित छन् । त्यसैले यो सगुण र निगुर्णमा आधारित मानव जीवनमा परमात्मासँग सम्वाद गर्ने हो भने आत्मा शुद्ध हुनुपर्छ । आत्माले खोजेको कुरा मनले दिन सक्नुपर्छ । मनले खोजेको कुरा कर्मले दिन सक्नुपर्छ । तब मात्र आत्माले परमात्मा खोज्न सकिन्छ । तब मात्र आत्मा र परमात्माका बीच एकरूपता पाउन सकिन्छ । तब मात्र देह र आत्माको मिलन हुनसक्छ । तब मात्र सगुण र निर्गुण बीच अन्तर हुन सक्छ । होइन भने हाम्रो मन र मस्तिष्कमा कहिल्यै पनि आदि र अन्त्यको सम्वाद हुन सक्दैन । त्यसैले यो मानव मस्तिष्क भित्र शंङ्कराचार्य राखेर हामीले शिवको अवतारको रूपमा पुजिने हो भने यो अनित्य संसारमा सर्वज्ञता प्राप्त गर्नु नै ठूलो कुरो हो । देह भन्नु नै आत्मा होइन् भनी हामीले बुझ्नु मुक्तिको मार्ग हो । तसर्थ जन्म र मृत्युभित्र मनुष्य जीवन पाउनु नै यो संसारमा सबैभन्दा ठूलो पुण्य हो ।
हृदय आकाश भन्दा ठूलो छ । सागर भन्दा गहिरो छ । त्यसैले होला हृदयले मुक्ति पाउनका निम्ति भक्ति खोज्दैन । हृदयले त चोखो खोज्छ । समानता खोज्छ । न्याय खोज्छ । पञ्चशीलता खोज्छ । यो अनित्य संसारमा दुःखबाट उन्मुक्ति खोज्छ । त्याग, धैर्य र चिन्तनले अहिंसा र शान्तिको मार्ग खोज्छ । अन्धकार रूपी कष्टमय् जीवनको नाश होस् भन्नाका खातीर चार आर्य सत्यलाई हामीले बुझ्नुपर्छ । तब मात्र हृदयमा बुद्धको वास हुनसक्छ ।
संसार दुःखमय् छ । दुःखको कारण छ । दुःखको अन्त्य सम्भव छ । दुःख निरोधको मार्ग छ । यी नै चार आर्यसत्य हो । त्यसैले यो दुःखै दुःखले भरिएको संसारमा इच्छाको अन्त कहिले नहुने भएकोले हामीले इच्छालाई सही ठाउँमा राख्ने हो भने हामी यो दुःखको भवसागरबाट मुक्त हुन सक्छौं । हिजो र भोलि भन्दा आजको विषेश महत्व छ । आज हामीले जे गर्छौ भोलि त्यसको फल पाउने हो । आज पूmलको वीऊ नरोपिएको भए के साँच्चै भोलि पूmलफुल्न सक्छ र ? के आज जीत र हारको युद्ध खेल्ने हो भने के साँच्चै भोलि सुखमय् जीवन बिताउन सक्छौं र ? त्यसैले आफ्नो हृदयभित्र आपैmले नै मानवता खोज्नु पर्छ । म कसरी बाँच्ने भनी आपैmले आपैmलाई सोध्नुपर्छ । तब मात्र शान्ति, मैत्री र करुणाको भावनाजागृत हुनसक्छ । तब मात्रकाम, क्रोध, लोभ र मोहको चाहना अन्त हुन सक्छ ।
देशको रक्षाको निम्ति मान्छे पनि भैरव बन्न सक्दो रहेछ । मेरो देशको निम्ति, मेरो माटोको निम्ति, मेरो पुर्खाको निम्ति, मेरो भविष्यको निम्ति युद्धमा आफ्नो र पराई छुट्याउन सकिँदैन । मेरो आँखाको अगाडी जे देखिन्छ त्यसलाई नाश गर्न त्यसबेला म मान्छे बन्न सक्दिन् । किनकि यो त युद्ध हो । युद्धभित्र देशको माया हुनुपर्छ । आपूm मरेर पनि देशलाई जोगाउन सक्नुपर्छ । यो नै ध्रुवसत्य हो । जो युद्धमा शत्रुलाई साथ दिन्छ । जो युद्धमा पछाडी हट्छ । जो युद्धमा सुराकी दिन्छ । जो युद्धमा निराशाजनक कुरा गर्छ । त्यस्तो नेपालीलाई हामी कसरी नेपाली भन्न सक्छौं ?त्यस्तो यौद्धालाई हामी कसरी वीरको संज्ञा दिन सक्छौं ? त्यसैले आफ्नो देशको माया छ भने देशको रक्षा गर्न सक्नुपर्छ । वैरीले कतै टाउको उठाए वैरीको टाउको काट्न सक्नुपर्छ । होइन भने ऊ नेपाली होइन् । नेपाली हुनका लागि जन्मेर मात्र पुग्दैन देशको माया पनि हुनुपर्छ ।
मगजमा शङ्कराचार्य
हृदयमा बुद्ध राखेर
बनी भैरव लडाईमा
नगर्ने देशको रक्षा
“हुँदैमा जन्म नेपालको
कहिन्न खास नेपाली”
प्राणीको रगत न हो हेर्दा डर लाग्दो हुन्छ । रातो चाकलो बनेर मानौं हेर्दैमा आगो बले जस्तो फन्कने स्वभावले खै के होला र ? घुमी घुमी माटोमा भिज्ला भनी खै किन हो कुनी डर लागी लागी हिँड्नु पर्छ रे । यो के भएको हो ? त्यो रगतको चौकुना कसरी भिजेको हो । थाहा छैन, यो त माटोलाई सोध्नुपर्छ । चाकलो किन बढ्न खोज्छ ? माटोमा किन भिज्न खोज्छ ? सत्यमा बिर्को लगाएपछि असत्यहरूको बोलवाला बढ्नु स्वभाविक हो । बलेको बत्तीनिभे पछि अध्यारो हुनु स्वभाविक हो । त्यसैले बेथितिहरूलाई थितिमा ल्याउने हो भने सत्य बोल्न सक्नुपर्छ । सत्यलाई नाङ्गो आँखाले हेर्न सक्नुपर्छ । सत्यलाई मन मस्तिष्कमा राख्न सक्नुपर्छ । सत्यलाई जहाँ गएपनि संग–संगै लिएर जान सक्नुपर्छ । होइन भने हामी चुप लागेर बस्ने हो भने यहा ँन्यायको बिगुल कसले फुक्छ ? सत्यको विर्को कसले खोज्छ ? न्याय र अन्याय कसले छुट्याउँछ ? बेथितिहरूलाई थितिमा कसले ल्याउँछ ? यो नै ठूलो चुनौतीको कुरो हो । आज हामी बोल्नुपर्छ । मनका कुराहरू सबैले पोख्नु पर्छ । होइन भने हामी नेपाली हुनै सक्दैन । जसलाई आफ्नो देशको माया हुँदैन । उसलाई आफ्नो देशको कुनै अर्थ छैन । केवल मै खाऊ मै लाऊ मात्र भनेर आफ्नै स्वार्थमा मान्छेहरू किन हिडिरहेछ ? मान्छेहरू किन विना भ¥याङ्ग चढिरहेछ ?
रगतको चाक्लो फन्का
घुमी भिज्लाभनी माटो
बुझेको सत्यमा बिर्को
लगाई मौन भै बस्ने
“हुँदैमा जन्म नेपालको
कहिन्न खास नेपाली”
नेपालमा जन्म हुँदैमा कोही मान्छे नेपाली हुन सक्दैन । किनकि नेपाली हुनका लागि उसको मुटुमा देशप्रेम हुनु पर्छ । भक्तिभावले देशको गीत गाउनु पर्छ । वैरीहरूसँग लड्ने क्षमता राख्नु पर्छ । नेपालीहरू प्रति आफ्नै परिवार ठान्नु पर्छ । तब मात्र खास नेपाली भन्न सकिन्छ । तसर्थ युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कविता वि.सं. १९९५ सालमा रचना गर्दा यौटा त्यस्तो कालखण्ड थियो । जुन कालखण्ड आपैmमा अध्यारो छ । न बोल्न सक्छ न लेख्न सक्छ । न हिँड्न सक्छ, न सुन्न सक्छ । विधिको शासनले होइन जिब्रो छाप आदेशमा यौटा सिङ्गो नेपाल अस्तव्यस्तमा चलिरहेको थियो । भित्रभित्रै भुसको आगो विस्तारै बलिरहेको थियो । आगोको मुस्लो बन्न समयको प्रतिक्षा भैरहेको थियो । सबै नेपालीहरूले त्यस्तो दिन खोजिरहेका थिए । जुनदिन स्वतन्त्रताको लागि भीषण क्रान्ति गर्न सकोस् । देशमा विधिको शासन चलाउनका लागि आफ्नो ज्यान नै किन आहुति गर्न नपरोस् ।
प्रकासित मिति २०७९–६–३१
फेसबुकबाट तपाईको प्रतिक्रिया