गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपिओ आउने
बिजनेसपाटी २२ भाद्र
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको हो । प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ३ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि कम्पनीले निष्काशन गर्न लागिको हो ।
कम्पनीको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
हाल गणपतिको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेको छ । शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात गणपतिको चुक्ता पूँजी १० करोड पुग्नेछ ।
०७३ साल मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् काम गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया