गणपतिको माइक्रोफाइनान्सको आईपीओ खुल्यो

बिजनेसपाटी ९ बैशाख

आजबाट गणपतिको माइक्रोफाइनान्सको आईपीओ खुलेको छ ।

सर्वसाधारणका लागि माइक्रोफाइनान्सले ३ लाख १३ हजार ७५ कित्ता आईपीओ निष्काशन गरेको छ ।  कुल ३ लाख ३५ हजार कित्ता आईपीओमध्ये ५ हजार १६७ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहकि लगानी कोषलाई छुट्टाइएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओ छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म बन्द हुनेछ । आईपीओ पश्चात माइक्रोफाइनान्सको चुक्ता पुँजी  १० करोड ३५ लाख पुग्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया