गभर्नर साब’ बैङ्कहरुको यस्तो अस्वाभाबिक व्यबहार !
नयन बास्तोला
नेपाल राष्ट्र बैंक, अर्थमन्त्री लगायत सबै राजनीतिक दलका नेताज्युहरुले मौसम अनुसार बोल्ने भाषा र वास्तविक कुरा देशका सबै जनताले बैकिङ सुबिधा पाएनन् वा बैकिङ पहुच पुगेन, त्यसकारण जसरी हुन्छ बैकिङ पहुँच देशको दुर–दराजमा बस्ने जनतासम्म पुग्नुप¥यो भन्ने जस्ता हुन्छन् । यस्ता कुरा सुनेर र पढेर पंक्तिकारलाई लाग्थ्यो किन होला हाम्रो देशमा यति धेरै बैक तथा बित्तिय संस्थाहरु छन् तिनिहरु शहर केन्द्रित छन् । त्यसमा पनि देशको राजधानी केन्द्रित मात्र ब्यापार ब्यवसाय गर्न रुचाउँछन् । किन ग्रामिण जनतासम्म पुग्न चाहदैनन ? जस्ता अनेकन प्रश्न खेली रहन्थे । सायद म त्यस समयमा बैकिङ व्यबहारबाट टाढा वा बैकिङ कारोबार धेरै कम गर्ने गरेकाले ममा त्यस्तो सोच आएको हुनसक्छ ।
सबै नेपाली जनता समक्ष बंैकको पहँुच पु¥याउने उदेश्यले नै हुनसक्छ, यहाँ व्यापारी, कालोबजारी नेता, राजनीति व्यक्ति सबैले बैक खोल्ने होडबाजी चलाए र एउटा आर्थिक क्षेत्रमै बिकराल रुप लियो कि बैकहरु देशका मुख्य शहरसम्म नपुगी मर्जर र समाप्तीको नीति लिनुप¥यो । हो त्यतिबेला पूर्वगर्भनर डा यूबराज खतिवडाले कसैको गोजीबाट त्यो नीति लिएर भएपनि केही हदसम्म नियन्त्रण भएको थियो । त्यसपछीका अहिलेका गभर्नर डा चिरञ्जिबी नेपालले पनि पूर्वगभर्नर कै नीति लिँदा जसले जुन नीति शुरु गरेको उसैले बिरोध गरेको देख्दा उहाँले कसैको गोजीबाट नै त्यो नीति लिएको प्रस्ट भएको छ् । अहिलेसम्म जति मर्जर र समाप्ती भए पनि देशको अर्थतन्त्र अनुसार बैङ्कहरुको सङख्या अझै धेरै छन । धेरै बैकहरु र तिनीहरुको नेत्रित्वहरुको अयोग्यताले बिगत केही महिना देखी बैङ्कहरुले सर्बसाधारणलाई आतङित बनाइ रहेका छ्न । ५ महिनामा ५ प्रतिशत ब्याज बढाउने कस्तो खालको नेत्रित्वले लिएको नीति हो ? के बैङ्कहरु व्यापार मात्रै गर्न बसेका पसल हुन ? पसलले पो सिजन अनुसारको ब्यापार गर्नुपर्छ र तलमाथि भईरहन्छ ? तर बैङ्क भनेको त सुरु गरेपछी एक कालान्तरसम्म सेवा दिदै नाफा कमाउने सस्था हुन् तर अहिलेको व्यबहार हेर्दा सबै बैङ्क तथा बितिय संस्थाहरु कालोबजारी गर्न खोलिएका पसल हुन् । उनिहरुको व्यवहारले नै प्रमाणित गरेको छ् ।
यदि हैन भने बिजनेस प्लान ३ महिनाको लागि बनाउन नसक्नेले कसरी दुर–दराजसम्म पुगेर गरीव तथा निसहाय जनतालाई सेवा देलान ? यही शहरमा बस्ने जनतालाई त धुरुकै रुहाइ नै सके । पहिला तरलता धेरै भएको बेला घरैमा आएर यो लोन लिइ, यो ब्यापार गर, हामी जसरी पनि ऋण मिलाइदिन्छौ भनी खुट्टा ढोग्नेसम्म गरी ऋणको भारी बोकाए तर अहिले त्यही कर्मचारी दिनै पिछे कल म्यासेज गर्छ र भन्छ ऋण घटाऊनु प¥यो तपाईंको । यो पुगेन, यो भएन, मलाई माथिबाट चेपे, माथिकाले यसो भने, उसो भने भनि अब जुन मानिसले ऋण लिएको थियो उसले यस्तो अधिक तरलता संकटको बेलामा कसरी ऋण घटाऊन सक्छ ? यि यस्ता व्यबहार हेर्दा राष्ट्र बैक के हेरेर बसेको होला ?
किन यिनीहरुलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धी पाठ सिकाउदैन भन्ने यहाँ गम्भिर प्रश्न खडा भएको छ् । गभर्नर साब’ अब यिनिहरुको व्यबहार हेर्नुभयो के सम्म गर्दा रहेछ्न् । एक बैङ्कको पैसा अर्को बैङ्कमा लान्छ र जान्छ भनेर आवश्यक नपरी पनि एउटा बैङ्कले फिक्स डिपोजिट कन गा¥यो भने अर्को बैङ्कले पनि गर्ने जस्ता अस्वाभाविक कृयाकलाप गरिरहेका छन । यि सब कृयाकलाप गर्नुको एउटा मात्र कारण छ, बैङ्कहरुको सङख्या धेरै भएकाले नै हो । अब आँखा चिम्लियर नबस्नुस् गभर्नर साब’ यिनीहरुलाई राष्ट्रिय कानुनमा ल्याउनुस् । ल्याउनको लागि अब ढिला नगरि हकप्रद बिना २० अर्बको पँुजी तोक्नुस् । अनी देशलाई आवश्यक पर्ने बैङ्क तथा बित्तिय संस्था हुन आउछन । अनि यिनिहरु दुर दराजसम्म पुग्छन् । सार्वजनिक सेवा प्रबाहमुखी हुनेछन् । सबै नेपाली जनताको बैङ्कसम्म पहँुच पुग्नेछ र सबैले देखेको सपना पुरा हुनेछ् ।
(प्रस्तुत विचार सेयर बजारका लगानीकर्ता बास्तोलाका नीजि हुन्)
प्रकाशित मिति २०७३-१२-३
फेसबुकबाट तपाईको प्रतिक्रिया