गरिमा विकास बैंकको भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु
काठमाडौं २२ बैशाख २०८०।गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्गआउने जाने पर्यटकहरुलाई लक्षितगरि एटिएम सेवाको सुचारु गरेको छ ।एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।यस विकास बैंकले नेपालभर १२१ शाखाकार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्डलगायतका डिजिटल बैंकिङमार्फत सरल, सुरक्षितएवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया