गायिका एलिना चौहानले औचारिकरूपमा दिइन्आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको जानकारी
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_1024,h_576/https://businesspati.com/wp-content/uploads/2025/02/Elina.jpg)
काठमाडौं २९ माघ २०८१। गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको जानकारी गराउदै पूर्वपति विष्णु सापकोटालाई उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।
मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी दिएकी हुन् । “प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्,” सामाजिक सञ्जाल लेखेकी छन्, “हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।”
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_709,h_356/https://businesspati.com/wp-content/uploads/2025/02/Capture-3.jpg)
फेसबुकबाट तपाईको प्रतिक्रिया