गायिका सुमित्रा तामाङको काठे गित ‘पार्यो नि भुतुक्कै’ [भिडियो सहित]

काठमाण्डौ ७ अशोज २०७७

पछिल्लो समय समस्त लोकदोहोरी गित दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय गित ‘चौतारीको वर’ की चर्चित गायिका समित्रा तामाङले पहिलोपटक गाएको काठे गित ‘पार्यौ नि भुतुक्कै’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजु विरहिको उत्कृष्ट लय शब्द सृर्जनामा रहेको गितमा लोकप्रिय गायिका सुमित्रा तामाङ र गायक रविन सापकोटा आवाज रहेको छ ।

माधव श्रेष्ठको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय मोडेल लोमस शर्मा र रितु तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

उक्त गितलाई OSR Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ  ।

 तलको लिक थिच्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया