गोप्य प्रमाण नष्ट गर्न लोकमान कार्कीले गर्दैछन् यस्तो हर्कत

काठमाडौं ७ कार्तिक

चार दिनअघि संसदमा महाभियोग दर्ता भएपछि स्वत निलम्बित अख्तियार दुरुपोयग अनुसन्धान प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन् ।

निलम्बन पछि कार्यालय नगए पनि कार्की परिसरमै रहेको निवासबाट अख्तियार चलाउन थालेपछि प्रमाण नस्ट हुने डर बढेको छ । प्रमाण नष्ट गर्ने र आफ्नो प्रभाव प्रयोग गरिरहन नपाओस भनेरै संविधाननमा महाभियोग प्रक्रिया सुरु हुनासाथ निलम्बन व्यवस्था गरिएको हो ।

अख्तियार उच्च स्रतेका अनुसार कार्कीले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको दुरुपयोग पहिलकै जस्तो गरिरहेका छन् । व्यक्तिका गोप्य सम्पर्कसुत्र केलाउन उनले दूरसञ्चारप्रदायक कम्पनीले उपलब्ध गराउने प्रविधि समेत प्रयोग गरिरेहका छन् ।

‘बचाउनका लागि अझै प्रहरीको एउटा संयन्त्रले सघाउँदै आएको छ, गुप्तचर विभागका मुख्य अधिकारी अझै उनकै पक्षमा छन्’ विश्वस्त स्रोतले भन्यो । स्रोतका अनुसार ‘पुरानै शैलीमा प्रस्तत हुने गरेका कार्कीलाई आफ्ना लागि तयार गरेको सचिवालयले पूर्ण सहयोग गरिरहेको छ ।’

प्रहरी, गुप्तचर, काननू व्यवसायी, व्यापारी र विदेशी सहयोगीसँग सम्पर्कमा रहेर कार्कीले काम गरिरहेका छन् । ‘कति हदसम्म सूचना र प्रमाण जुटाइन्छ मिडियालाई भन्नुपरेन सबै उस्तै उस्तै छ’ स्रोतले भन्यो ।

यिनले स्थापना गरेको सचिवालयमा रहेका प्रहरी, गुप्तचर विभिन्न मन्त्रालयका अधिकारीसहितको समूहमार्फत उनी चाहेका गोप्य दस्तावेज निवासमै मागइरहेका छन् । ‘प्रहरीका एक उच्च अधिकारी अयोगको दरबन्दीमा जाने प्रहरी, गुप्तचर मन्त्रालय र अन्य सरकारी अधिकारीको चयनमा कार्कीको विशेष रुचि रहने भएकाले असायहेग भएको छ भन्ने अवस्था नरहेको स्विकार्छन् ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया