गोमाले ल्यायो दुई एलइटी ४१० विमान
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_550,h_450/https://businesspati.com/wp-content/uploads/2017/02/GOMA.jpg)
काठमाडौं १६ फागुन
गोमा एयरले रुसी कम्पनीसंग खरिद गरिएको दुई एलइटी ४१० विमान भित्र्याएको छ । सो दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुदै नेपाल ल्याएका हुन । दुइ जहाजहरुको थप भएसँगै गोमा एयरसंग २ केससना ग्रा्याण्ड क्याराभन र ४ एलइटी ४१० गरि ६ ओटा विमानहरुको फ्लिट हुनेछन् ।
छोटो धावन मार्ग प्रयोग गर्ने यि ६ वटै विमानहरुले काठमाण्डौ, पोखरा, र नेपालगन्ज बाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा दिने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया