“गोरेटो अनि उस्तै छ गल्ली”का गायक सुनील बर्देवाको निधन

काठमाडौं २९ भदौ

चर्चित गायक तथा संगीतकार सुनील बर्देवाको निधन भएको छ।  मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा उनको निधन भएको संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिए। कलेजोमा समस्या देखिए पछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। बर्देवाको गोरेटो अनि उस्तै छ गल्ली… लगायतका गीतहरु चर्चित छन्।

बर्देवा कुसल गिटारिष्ट, संगीतकार, गायक र एरेन्जर मानिन्छन्। उनमा संगीतको एक मात्र विधामा नभएर सबै विधामा प्रखर रहेको शेषले बताए। उनका ‘बेस्ट अफ सुनील बर्देवा’ ‘जब म’, ‘मेरो गितार’, लगायतका गीति एल्बम छन्। बर्देवाको पार्थिक शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमाराखिने शेषले जनकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया