ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

बिजनेसपाटी २२ असार ।

ग्लोबल आइएमई बैंकले २०७५ आषाढको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले आषाढ १८ गते सोमबार बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका – ८ बोबाङ्गमा ९३ औँ, आषाढ १९ गते मगंलबार गुल्मी जिल्लाको मुसीकोट नगरपालिका – ९ पाडथोकमा ९४औँ र सोही दिन गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका – ३, ठुलापोखरामा ९५औँ, यसैगरि आषाढ २० गते बुधबार अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका – २, डाँडाकटेरीमा ९६औँ, आषाढ २० गते बुधबार गुल्मी जिल्लाको धुरकोट गाउँपालिका – ५, बास्तुमा ९७औँ सेवा सुरु गरेको छ । साथै आषाढ २२ गते शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – १७, पट्खौलीमा ९८औँ र शुक्रबार नै गोरखा जिल्लाको गण्डकी गाउँपालिका – १, मकैसिङ्गमा ९९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम, युटिएल, सिडिएमएकोे महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया