चम्क चम्क कवितामा युगकवि
स्वयम्भू शाक्य
युगकवि सिद्धिचरण श्रेष्ठ शारीरिक रूपमा दुब्लो पातलो भएपनि मानसीक रूपमा बलियो र तेजिलो छ । आत्मा हरियो भएर होला सरस्वतीको बास छ । धेरै नबोलेर के भो ? कवितामै आगो ओकल्न सक्छ । त्यसैले जन आन्दोलनमा उफ्रेर नहिँडे पनि क्रान्तिकारीहरूको महागुरु हो । शोषण र दमनका विरुद्ध आगोको मुस्लो हो । त्यसैले वीर योद्धाहरूलाई देशका खातिर आफ्नो प्राणको आहुती दिनका लागि चम्क चम्क कविता मार्पmत देश बनाउने बाटो देखाउँदैछन् ।
यो कुरा सत्य हो, हामी हिँड्ने बाटो अरुले होइन् ,हामीले नै कोर्न सक्नु पर्छ । भविष्य अन्धकार हुनेहरूलाई आपैm बलेर प्रकाश दिन सक्नु पर्छ । न्याय र अन्यायको युद्धमा बहादुरीकासाथ आफ्नो छाती फुलाई जतिसुकै दुःख र कष्ट सहेर पनि अन्यायीहरूलाई न्यायको पाठ सिकाउन सक्नु पर्छ । थोपा–थोपा पानीबाट समुन्द्र बने भैंm थोपा–थोपा पानीको महत्वलाई समाजमा बुझाउन सक्नु पर्छ । त्यसैले अन्यायको त्यो विशाल पहाडलाई फोर्नु छ । मनमा साहस र धैर्य राखी पहाड फुटाउँन अगाडी सोच विचार गरेर हिँड्नु छ ।
अघि सर्नु विकासको काममा लाग्नु हो । अघि सर्नु पैतलाको डोबलाई छोडेर अगाडी बढ्न हो । त्यसैले हामी नेपालीहरू मन, वचन र कर्मले अगाडी बढ्नु पर्नेछ । विकासको लागि हामीहरू सबै एकजूट हुनै पर्दछ । तिमीले रथ चलाएर देखाऊ, हामीहरू डोरी तानेर गन्तब्यमा पु¥याउने कोशिस गर्छांै । तिमीले बाटो खनेर देखाऊ, हामीहरूले परिश्रमको फल वितरण गरेर देखाउँछौं । त्यसैले विकास गर्नु छ भने हामी मात्र उठेर हुन्दैन, हाम्रो आत्मा पनि उठनु पर्छ । समाजका विकृती र विसंगतिहरूलाई सधाका लागि हामीबाट फाल्न सक्नु पर्दछ । साबुन पानीले हात धोए जस्तै आ–आफ्नो मन सफा संग पखाल्नु पर्दछ । तब मात्र देश विकास हुन्छ । हामी–हामीमा भाइचारा भई संजिवनीको बोट रोप्न सकिन्छ ।
हामीलाई थाहा छ, गन्तव्यसम्म पुग्न थुप्रैं बाधा अड्चनहरू सदाका लागि हटाउन सक्नु पर्दछ । देशभक्ती, राष्ट्रप्रेमीहरूले आफ्नो देशको माटो रक्षा गर्नका लागि अन्याय र अत्याचारीहरूलाई सदाका लागि जरैदेखि उखेलेर फाल्न सक्नु पर्दछ । खाल्डोमा परेका निमुखा पीडित जनताहरूलाई खाल्डोबाट माथि ल्याउनका लागि हामी सबै एकजूट भएर अर्जुन दृष्टि भैंm मन, वचन र कर्मले अघि सर्नु पर्दछ । कातरले होइन, कातरले त न्याय अन्याय बुझेपनि हुकुमी शासनलाई शिरोधार्य गरी समाजमा आफ्नो एक्लो जीवन बिताउँन खोज्छ । त्यसैले हामी सबै एकजूट हुनु छ । एकजूटमा हाम्रो शक्ति छ । भक्ती छ । माया छ । निर्दर छ । साहस छ । आँटेको कुरा पुरा हुनेछ ।
हो, फलामलाई तातो पारी पानीमा डुबाउँदा फलामको शक्ति बढ्ने छ । सामन्ती निरञ्कुश शासन विरुद्ध बैरीहरूलाई शक्तिको प्रदर्शन गर्न नौ लाखे तारा भैंm युवाहरू चम्केर दमन र शोषणबाट मुक्ती दिलाउँनु छ । त्यसैले निर्धक भई छाती फुलाएर बाघ भैंm हिड्न नेपाली समाजमा युगकवि सिद्धिचरण श्रेष्ठले युवाहरूलाई एकजुट हुन आह्वान गर्दैछ ः
अघि सर, अघि सर साहस जोड
कातरपन ली प्राण नछोड
पाइन बलको अब देखाऊ
बैरीलाई मार भगाऊ ।
चम्क युवक, अब चम्कन चम्क
छाती फुलाई लम्कन लम्क ।
युवा देशको ऊर्जा हो । ऊर्जा आपैmमा शक्ति हो । मुहान हो । विकास हो । परिवर्तन हो । त्यसैले आफ्नो देशलाई हँसाउन युवा शक्ति जाग्नुपर्छ । बिजुली भैंm चम्केर वैरीहरूको मुटु–मुटुमा किल्ला गाड्न सक्नुपर्छ । हृदय–हृदयमा जोश र जाँगरले आज यो काम फत्य गर्छु भनी मनले आँट्नु सक्नुपर्छ ।
यो दुई दिनको जीवनमा आखीर के छ र माटोमा बिलाएर जाने हो । मर्नु नै छ भने आकाशमा चम्कीने ती नौ लाखे तारा जस्तै सबैले देख्ने अनि सबैको मनमा अटाउन सक्ने गरी बाँच्न सक्नुपर्छ । त्यसैले आज मरे भोलि दुई दिन भने भैंm यो जीवनमा के छ र ? कच्चा धागो जस्तो, पाक्न नसकेको काँचो ईंटा जस्तो एकै छिनमा फुट्न सक्छ । थाहा छैन, हाम्रो जीवन कर्कलाको पानी जस्तो कुन बेला झर्ने हो ?
न्याय र अन्यायको युद्धमा न्यायले जित्नु पर्छ । किनकि न्याय प्राणीहरूको लागि अमूल्य सम्पत्ति हो । खानै नपाए पनि यो आत्मालाई स्वतन्त्रताको आवश्यकता पर्दोरहेछ । हामी कसैको दास होइनौ । हामी कसैको पैतलाको धूलो होइनौं । हामी त मानव हौ । मानव भएर बाँच्नका लागि सधै अन्याय सहेर जीवन निर्वाह गर्न सक्दैनौ । त्यसैले यो हृदयभित्र न्यायको आगो बाल्नु पर्छ । शोषक सामन्तीहरूलाई पाखा लगाउन जोस र जाँगर ल्याउनु पर्छ । तब मात्र आगोको झिल्को मुस्लो बनेर देश खाने धमिरालाई पोल्न सकिन्छ ।
आज हाम्रो देश रोइरहेको छ । जनतालाई थिचो मिचो गरि मनपरी शासन चलाई रहेको छ । म नै ईश्वर हुँ भनी दम्भले सोझासाझा नेपालीहरूलाई शासकप्रति पूजा गर्न हैकिम शासन चलाउँदैछ । त्यसैले यहाँ बोल्नु हुन्दैन, बोले जिब्रो तानेर काट्न सक्छ । हामीले हेर्नु हुन्दैन, हेरे सुईरोले आँखा फुटाउन खोज्छ । सोच्नु हुन्दैन, सोचे परिवर्तन ल्याउँछ भनी बोैलाहाको उपमा दिने गरिन्छ । एउटा ठूलो खाडलमा हामी नेपालीहरूलाई राखेर आफ्नो इच्छानुसार पैतलाले कुल्चिएर देशलाई आफ्नो मुठ्ठीमा पार्दैछ । त्यसैले कविको हृदयभित्र बिजुली चम्केर ज्वारभाट चले भैंm आँधीबेरीले शोषक सामन्तीहरूलाई पाखा लगाउन सकिन्छ भनेर युवाशक्तिलाई दुश्मनको अगाडी शिर नझुक्न आह्वान गर्दैछ ।
हामी चम्केर हिँड्नुमा स्वाभिमानी छ । मान्छे त माटो हो । एक दिन हामी मर्नु छ । मर्नु नै छ भने देशको माटोमा रगत भिजाई युगौ युगसम्म अमर बनेर मर्नुमा ईश्वरले पनि हाँसी हाँसी स्वर्गको द्वार खोल्ने छ ।
हृदय हृदयमा जोश बढाऊ
मर्ने तन यो अमर गराऊ
जीवन कच्चा मर्नु छ पक्का
स्वर्गिक द्वार छ देऊ धक्का
चम्क चम्क, अब चम्कन चम्क
अन्याय र अत्याचारी विरुद्ध युद्ध यस्तो होस् ताकि कदम कदममा युद्ध गर्न नपरोस् । आगो यसरी बलोस् ताकि सदाका लागि खरानी भई आगो बाल्न नपरोस् । त्यसैले हामीले जे काम गर्छौ पछिसम्म पनि गर्नै नपर्ने गरि सदाका लागि फत्य गरोस् । हो, मनले आँतेको कुरा पूरा गर्न गाह्रो छ । त्यसैले लाखौ लाख बाधा अबरोधहरूलाई पन्छाउँन इन्द्रको वज्र जस्तै निर्भय् भएर वैरीहरूलाई धपाउन सक्नु पर्दछ । दनदन गोली चलाई वैरीहरूको अस्तित्वलाई नै मेट्ने गरि सदाका लागि मार्न सक्नु पर्दछ । हामीलाई थाहा छ, मार्नु अपराध हो । तर युद्धको बेला देशको लागि कर्तव्य बन्न जान्छ । होइन भने बैरीलाई सहयोग गरेको भनी युद्ध अपराध लाग्न सक्छ । त्यसैले युद्ध,मान्छेले मान्छेको रगत पिउने खेल हो । नअगाउन्जेलसम्म रगत पिएर नरमुण्डको माला लगाई नाच्ने भैरवको रूप हो । जतिसुकै बाधा अड्चन आइपरे पनि निर्भय भएर मान्छेले मान्छेलाई कुल्चिएर हिँड्ने बाटो हो ।
मर्नु र मार्नु युद्धको नियम हो । युद्धभित्र दुश्मनको रगत पिउँन सक्नु पर्दछ । रगतको होली खेल्दै आफ्नो रगत अरुलाई पनि पिलाउँन सक्नु पर्छ । होइन भने वीरयुद्घा हुनै सक्दैन । देशको दुश्मनहरूसँग महायुद्धको घोषणा गर्नै सक्दैन । त्यसैले चेतनशील युवाहरू हो । जोश, जाँगर र होशमा आफ्नो देशको रक्षाका लागि खुकुरीमा धार लगाई कठोर संकल्पमा चम्कनका लागि युगकवि आगो ओकल्न थाल्दछ ।
कदम कदममा भेट्न परोस
लाखौ बाधा वज्र कठोर
निर्भय दनदन गोली चलाई
मान्दै जाऊ वैरीलाई ।
चम्क युवक, अब चम्कन चम्क ।
आँखाको काम हेर्नु मात्र होइन्, देखेका कुरा मन मस्तिष्कसम्म पु¥याउन सक्नु पर्दछ । जिब्रोको काम स्वाद लिनु मात्र होइन् खाएको कुरा मिठो नमिठो मन मस्तिष्कसम्म पु¥याउन सक्नु पर्दछ । होइन् भने हेर्नु र खानु मात्र जिन्दगी ठाने हो भने त्यो जिन्दगी होइन, जिउँदो मुद्र्दा बन्नेछ । उठाउन नसकेको लाश हुनेछ । जलाउन नसक्ने आगो बन्नेछ । त्यसैले मान्छे भएर बाँच्नका लागि लाखौ वर्ष होइन दुई घडी मात्र किन नबाँचियोस् ऊ भित्र प्रकाशको किरण होस् । अध्यारोलाई भगाउँने उज्यालोको मुस्लो होस् । मुटु–मुटुमा धर्तीमाताको वीरगाथा सधैं गाइरहोस् । त्यसैले हे युवाहरू हो । हामी चम्किनु पर्छ, भित्र र बाहिर दुबै ठाउँमा उज्यालो छर्नु पर्छ । नत्र हाम्रो अस्तित्व के छ र ? अध्यारोमा पनि कसरी जिन्दगी चलाउँन सकिन्छ र ? हो पूर्वबाट उदाएको रवि पश्चिममा अस्ताउँन बाध्य छ । समस्त प्राणीहरूलाई प्राणरक्षा गर्न रविले जिम्मेवारी लिएको छ । त्यसैले पारिलो घाममा यो आत्माले पनि न्याय पाएको अनुभूति गरिनेछ ।
अमर हुनु मरे पनि बाँच्नु हो । त्यसैले देशको भार बोक्ने हे युवाहरू हो ! हामी धेरै वर्ष बाँचेर मात्र के गर्नु देशको मुहार फेर्नु छ भने बरु हाम्रो आयु छोटो नै किन नहोस् हामी खुशी छौं । आमाको हँसिलो मुहार जुनी जुनीसम्मका लागि सधैं हेर्न पाइरहुँन् ।
बरु बाँच युवक, दुई घडी मात्र
चम्की उज्जल पारी समस्त
के छ र बाँची लाखौ वर्ष
पारी अँध्यारो बाहिर भित्र ।
चम्क युवक, अब चम्कन चम्क
युवा तिमी चम्क चम्क, चम्कनु नै तिम्रो स्वभाव हो । तिमी देश हो । समाज हौ । ऋतु हौ । दुश्मनका लागि कालभैरव हौ । तिमी बाँचे देश बाँच्छ । तिमी मरे देश मर्छ । त्यसैले तिमी देशको गौरब हौ । शक्तिको तागत हौ । जन र धनको सुरक्षा हौ । दीन दुःखीहरूको आत्मा हौ । हिँड्न नसक्नेहरूको बैशाखी हौ । त्यसैले तिमी आगो र पानी भएर पनि विकासका लागि सारथी हौ ।
हे युवा हौ ! तिमीहरूलाई थाहा छ कि छैन तिमीहरू त पारसको मणि हौ । जहाँ छोयो त्यतै सुन बनाउन सक्छौ ।त्यसैले तिमीहरूले जोश र जाँगर मात्र देखाएर हेर, यही माटोमा एकैछिनमा सुन फलाउँन सक्छौ । आँट मात्र गरेर हेर, त्यो समुन्द्रको पानी एक अञ्जुलीमै पिउन सक्छौ । दया र माया मात्र गरेर देखाऊ, यो धर्तीमा भोका नाङ्गा केही हुने छैनौं । त्यसैले हे युवा हौ । तिमीहरूसंग कति अपार शक्ति लुकेका रहेछौ । के थाहा ? पौरखीका हातहरू मात्र पैmलाएर हेर भोलिको भविष्य सुन्दर बनाउँन सक्छौ ।
युवाहरू चम्किनु पर्छ । लम्केर मात्र लक्ष्यमा पुग्न सकिन्छ । गहुँ रोपेर धान कहाँ फल्छ र ? धान रोप्नको लागि असार महिना कुर्नुपर्छ । यो त समयको माग हो । समयले बोलाउँदा हामी युवाहरू उठ्नु पर्छ । समयले रोक्दा हामीहरूले काम सकेर बस्नु पर्छ । माटोलाई मलजल गरी हिरामोती फलाउँनका लागि युवाहरूको पसिनाले भिजाउँनु पर्छ । त्यसैले युवा तिमी समय हौ । राज्यको लागि आवश्यक तत्व हौ । मन, वचन र कर्म मात्र लगाएर हेर भोलिको लागि तिमी विहानी हौ ।
तिमी हौ गौरव जगती तलको
तिमी हौ तागत धनको जनको
तिमी हौ आशा दुःखीहरूको
तिमी हौ सहारा सारा जनको ।
चम्क युवक, अब चम्कन चम्क
मातृभूमि हाम्रो आत्मा हो । आत्मा रक्षाका लागि एउटा सन्तानले रगत दिन सक्नु पर्दछ । आमाको उपकार गर्नु, कल्याण गर्नु अनि दुःख र कष्टलाई निर्वारण गर्नु नै सन्तानको धर्म रहेछ । पाप र धर्म छुट्याउन नसक्ने सन्तानले आफ्नो जीवन सार्थक र सफल बनाउँन नसक्ने रहेछ । त्यसैले सार्थक र सफल बनाउँनका लागि आफ्नो जीवन भन्दा माथि उठेर परिशुद्धले कर्म गर्न सक्नु पर्दछ ।
प्रकासित मिति२०७७–०८–७
फेसबुकबाट तपाईको प्रतिक्रिया