चर्पीजाँदा बौलाहा स्यालले झम्टिएपछि…
रौतहट १९ अशोज
जिल्लाका विभिन्न ठाउँमा बौलाहा स्यालले टोक्दा ३५ जना भन्दा बढी घाइते भएका छन् । तीमध्ये १८ को अवस्था गम्भीर छ ।
गरुडा, महम्मदपुर, पिपरापचरुखी, गम्हरियालगायत गाउँका बासिन्दा घाइते भएका हुन् । स्यालले सोमबार साँझ ४ जनालाई र अरुलाई मंगलबार विहान शौच गर्न गएका बेला टोकेको हो । घाइतेमध्ये २६ को गौर अस्पताल र अरुको गरु डास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । विहान शौच गर्न गइरहेका बेला स्यालले आक्रमण गरेको गम्हरिया ८ की सुनितादेवी रामले बताइन् । ‘हेर्दाहेर्दै स्यालले झम्टिहाल्यो’ उनले भनिन ‘भाग्ने मौकै पाइन ।’ विहान घरबाट निस्कँदा आँगनमै स्याललले घाँटीमा टोकेका अर्का घाइते सुनपतिया देवी साहले बताइन् ।
‘मलाई बचाउने मान्छेललाई पनि बाँकी राखेन’ उनले भनिन् ‘झन्डै मारेको ।’ पिपरापोखरिया ३ का ८० वर्षीय तेजीलाल राय यादलवलाई पनि घर नजिक आएर स्यालले टोकको थियो । गम्भीर घाइते यादवको अनुहार, टाउको, दाहिने हातलगायत विभिन्न भागमा टोको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया