चलचित्र ‘द्रौपदी’ को ‘कर्णाली काटौला’ गीत रिलिज
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_714,h_359/https://businesspati.com/wp-content/uploads/2025/02/Draupati.jpg)
काठमाडौँ । चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को गीत रिलिज भएको छ । हाइलाइट्स नेपाल बाट रिलिज भएको गीत चलचित्रको डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन गरिएको थियो ।
चलचित्र हालसम्म कसैले छायाङ्कन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरूमा छायाङ्कन भएको छ । गीतमा आश्विनी शाही , रवि ओड , सुजाता तिमल्सिना र ऋषिराज आचार्यलाई फिचर्ड गरिएको छ । गीत कर्णालीको परिवेश सङ्ग रमणीय दृश्यहरूमा माया प्रेम झल्काउने खालको साथै गीत भित्र कुनै रहस्यमय उतारचढावको कथा छ जस्तो देखिन्छ ।
महिला संवेदनामा बनेको देखिने यस चलचित्रले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको सङ्केत गरेको छ । चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको बुझिएको छ । यसको स्क्रिप्ट करिब ४ वर्ष लगाएर लेखिएको हो ।
चलचित्रमा आश्विनी शाही , रवि ओड, कविराज भाम , जेएलसन अधिकारी , सुजाता तिमल्सिना , विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी र ऋषिराज आचार्यको पनि अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा, संवाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । चलचित्रको सम्पादक अनिल महर्जन, पार्श्व सङ्गीत सौरभ शर्माको रहेको छ भने छायाङ्कन मोहन कुमार झिल्लुको रहेको छ । ‘कर्णाली काटौला’ शीर्षक रहेको चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राई को आवाज रहेको छ । आर बि मुभिजमा बनेको चलचित्रका सह निर्माता ऋतु आचार्य र विष्णु ठडराई , निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । चलचित्र लाई एप्पल इन्टरटेन्टमेन्ट , एफ डी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गर्दै छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया