चार वर्षपछि सूचना राजमार्ग निर्माणमा तीव्रता
काठमाडौँ २७ कार्तिक
निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो ।
दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० साल भित्र सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो । तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएन । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो ।
कति सकियो काम ?
चार वर्षमा सूचना राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको परियोजनाका परामर्शदाता रामविक्रम दाहालले बताए । उनका अनुसार परियोजनालाई तीन भागमा बाँडेर निर्माण भइरहेको छ । ‘दुई भागमा अप्टिकल फाइबर बिच्छ्याउने र ३० इ–सेन्टर स्थापना गर्ने काम सम्पन्न भइसकेको छ,’ दाहालले भने, ‘अबको दुई महिनाभित्र सम्पूर्ण काम सम्पन्न भइसक्नेछ ।’ सूचना राजमार्ग निर्माणको लागत ४० करोड रुपैयाँ अनुमान गरिएको छ । हालसम्म करिब ३६ करोड रुपैयाँ खर्च भइसकेको दाहालले बताए । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो ।
दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० मै सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो । तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएन । झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो ।
के हो सूचना राजमार्ग ?
दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गत निर्माण हुने यस राजमार्ग उच्च क्षमताको अप्टिकल फाइबरबाट दक्षिण एसियाली मुलुकलाई जोड्ने सञ्जाल हो । उच्च गतिको इन्टरनेट सेवा प्रवाह हुने यसबाट नेपाल, भारत, भुटान र बंगलादेश एउटै सूचना सञ्जालमा जोडिनेछन् । सूचना राजमार्गमार्फत यी मुलुकका शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानका सूचनाहरू एक–आपसमा आदानप्रदान गरिनेछ ।
कस्तो बन्छ सूचना राजमार्ग ?
नेपालतर्फ काठमाडौं, धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, ढल्केबर हुँदै विराटनगर र वीरगन्जबाट भारतको सञ्जालमा जोडिने गरी एक सय ७० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइनेछ । राजमार्गभित्र ३० अत्याधुनिक इ–सेन्टर स्थापना हुनेछन् । निर्माणपछि समुदायलाई हस्तान्तरण गरिने यस्ता इ–सेन्टरमा इ–मेल, इन्टरनेट, फोन, फोटोकपी, फ्याक्सलगायत सूचना तथा प्रविधिसम्बन्धी विविध सुविधा हुनेछन् । सूचना राजमार्गमा बिच्छ्याइने अप्टिकल फाइबर ३६ कोरको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया