चितवनको भण्डारामा जनता बैकको नयाँ शाखा सुचारु
बिजनेसपाटी १४ जेष्ठ ।
जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको हो । पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैकले जनाएको छ । बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर ग्राहकहरुले यस शाखा मार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।
यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६ पुगेको छ । यससगै बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया