चिनियाँ राष्ट्रपति नेपाल अाउने ‘निश्चित जस्तै’

काठमाडौं 2६ श्रावण

चीनको सरकारी थिंक ट्यांक टोली प्रमुख जी झेईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी असोजमा हुने नेपाल भ्रमणको तयारीकै लागि आफूहरू यहाँ आएको बताएका छन् ।

बंगलादेश र भारत भ्रमणपछि नेपाल आएको चिनियाँ टोलीले मंगलबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै भेटेर आगामी असोजमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने जानकारी गराएको हो ।

चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेई नेतृत्वको टोलीले अरू दलका नेतालाई समेत भेट्ने कार्यक्रम छ ।

सीआईसीआईआर अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक विषयमा अध्ययन गर्ने चीन सरकारको महत्त्वपूर्ण संस्था हो । सोमबार साँझ काठमाडौं आएको चिनियाँ टोली राजनीतिक भेटघाटमा व्यस्त छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया