चीनले फैलाउँदैछ विश्वभरी आर्थिक साम्राज्य

बिजनेसपाटी २७ चैत्र
बोनस आएर्स। ल्याटिन अमेरिकासँगको चिनियाँ सम्बन्ध र प्रभाव विशेषगरी एउटा महत्वपूर्ण लगानीकर्ताको रुपमा पछिल्ला केही वर्षमा मजबुत बनेको ल्याटिन अमेरिकाका विश्व आर्थिक मञ्च (डब्लुइएफ)का वरिष्ठ निर्देशक तथा प्रमुख मारिसल अर्गुएटा ड वारिलसले बताएका छन्।
चीन ल्याटिन अमेरिकासँगको सम्वन्ध र प्रभाव क्रमशः बलियो बन्दै गएको छ । चीनले ल्याटिन अमेरिकाबाट कच्चा पदार्थ किन्ने मात्र होइन, यो त्यहाँको लागि एक महत्वपूर्ण लगानीकर्ता बनेको छ । यस वर्ष अर्जेटिनाको राजधानीमा भएको तीन दिन लामो डब्लइएफको सम्ममेलनको अवसरमा सहभागी हुने क्रममा अर्जुएटाले बताए।अलिवावा तथा हुवाई कम्पनीजस्ता चिनियाँ कम्पनीले ल्याटिन अमेरिकी बजारमा ठूलो तथा नेतृत्वकारी भूमिका खेलिरहेको उनले बताए।
अलसालभेडरका कानुनविद् तथा सन् २००८–२००९  मा  विदेशमन्त्री बनेका अर्गुएटाका अनुसार बोनर्स आएर्समा भएको तीन दिने उक्त कार्यक्रम उद्यमी, विकास र चौथो औद्योगिक क्रान्तिका विषयमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीले ल्याटिन अमेरिकामा विकासको क्रम ढिलो भएका समय छलफललाई स्रोत, चूनौती र अवसरको खाजेीका लागि केन्द्रीत गरिएको थियो ।
गरिवी र नयाँ नयाँ सामाजिक मागलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न सम्मेलन सफल भएको सहभागीको निष्कर्ष छ । सन् २०१५ मा चीन र ल्याटिन अमेरिकाबीच २३६ अर्व ५० करोड अमेरिकी डलर बराबर कारोवार भएको थियो । यो एक दशक पहिलेको तुलनामा २० गुणा बढी कारोबार भएको चिनियाँ सरकारी तथ्याङ्कले देखाएको छ ।
सम्मेलनका सहभागीले प्रविधिको हस्तान्तरणतर्फ सोच्नुपनि अहिलेको महत्वपूर्ण कार्य हुने अर्गुएटाले बताए।यो यस्तो विकासशील क्षेत्र हो जहाँबाट चौथो औद्योगिक क्रान्तिको तयारी हुनसक्छ । चीनसँग मिलेर ल्याटिन अमेरिकी मुलुकहरुले आफ्नो उद्योगलाई आधुनिककरण अवसरलाई पूर्णतथा सदुपयोग गर्दे रोजगारका नयाँ अवसरको लगि काम गर्नुपर्ने उनले बताए।चिनियाँ बजारले अमेरिकी साधनस्रोतको अर्थपूर्ण माग गर्ने हुँदा चीन सँगको ल्याटिन अमेरिकी मुलुकको सहकार्य अहम् बनेको अर्गुएटाले बताए । -रासस/सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया