छुट्टै टोली लिएर देउवा निवासमा पौडेल
काठमाडौं –नेता रामचन्द्र पौडेलको टोलीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो इच्छा र क्षमताअनुसार काम गर्न नदिने संकेत देखिएको छ ।
त्यसनिम्ति टोलीले बारम्बार देउवालाई भेटी विभिन्न विषयमा आफ्नो चासो प्कट गर्ने र निर्णयमा प्रभाव पार्ने काम गर्दै आएको छ ।
मंगलबार भदौ २१ गते पनि रामचन्द्र पौडेल नेतृत्वको एक टोली शेरबहादुर देउवा निवास पुगी विभिन्न विषयमा चासो प्रकट गर्नुका साथै सभापतिको धारणा माग गर्यो ।
टोलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र एजेण्डा, स्थानीय निकायको निर्वाचन, सीमाकंन तथा स्थानीय निकायको संख्या, राष्ट्रिय योजना आयोगको गठनलगायतका विषयमा सभापतिको धारणा माग गरेको थियो । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
–
फेसबुकबाट तपाईको प्रतिक्रिया