छोरीलाई बचाउन २० करोड ८० लाख रुपैयाँमा आगो !
कोलम्बो २७ श्रावण
अनुमान लगाउनु भएको छ, एक अरबपतिले दिनमा कति पैसा त्यतिकै उडाउन सक्छ ? सायद यो सुनेर तपाईँहरूलाई अचम्म लाग्न सक्छ। कतिले यो समाचारलाई हावा पनि भन्न सक्लान्। कोलम्बियाका ‘कोकिन किङ’ पाब्लो स्कोबारले आफ्नो परिवारलाई चिसोबाट जोगाउन एकै पटकमा २० करोड ८० लाख रूपियाँमा आगो लगाएका थिए।
बिजनेस इन्साइडरलाई पाब्लो स्कोबारका छोरा हुँवा पाब्लोले हालै दिएको अन्तर्वार्तामा आफ्नो परिवारलाई चिसोबाट बचाउन बुवाले आफूसँग त्यतिबेला भएको सबै नोटमा आगो लगाएको खुलासा गरेका छन्।
स्कोबारविरूद्ध अन्तर्राष्ट्रिय दबाब बढेपछि कोलम्बियाको विशेष सुरक्षा दस्ताले सन् १९९३ को डिसेम्बरमा उनको हत्या गरेको थियो। लागू औषधका कारोबारी स्कोबारको साताकै कमाई ४२ करोड डलर (करिब ४५०२ करोड रुपियाँ) थियो।
स्कोबारका छोरा हाल इटालीको नेपोल शहरमा बस्छन्। उनले आफ्नो नाम हुँवा सेबास्टियन मारोक्विन सान्तोष राखेका छन्। उनले आफ्नो बाबुलाई पक्राउ गर्न विशेष सुरक्षा दस्ता परिचालन भएपछि ज्यान जोगाउन चिसो पहाडतर्फ लुकेको बताएका थिए।
‘यही लुक्ने क्रममा बहिनी मानुएलालाई चिसोले समात्यो। उनलाई हाइपोथर्मिया (चिसोको कारण शरीरको तापक्रम घटने रोग) भएको थियो,’ हुँवाले भने। उनले यतिबेला आफ्नो बहिनीलाई बचाउन बुवाले आफूसँग भएको २० लाख डलरमा आगो लगाएको बताए। ‘यसपछि बहिनीको शरीरको तापक्रम सामान्य भयो,’ उनले भने। एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया