जनचेतनामुुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य
बिजनेसपाटी १७ जेष्ठ ।
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जेष्ठ १६ गते क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामुुलक कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौं स्थित भि. एस. निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको छ । साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकाशमा बाणिज्य बैंकको भुुमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको थियो । उक्त कार्यक्रमलाई अझ प्रभावकारी बनाउन हास्य कलाकार मनोज गजुुरेलको समेत उपस्थिति रहेको थियो । यस्ता जनचेतनामुुलक कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिइरहने समेत बैंकले जारी विज्ञप्तीमा जनाएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा १०० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया