जनता बैंककाे सीइओमा परशुराम कुँवर क्षेत्री नियुक्त

बिजनेसपाटी २६ जेष्ठ ।
जनता बैंक नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा (सीइओ) परशुराम कुँवरक्षेत्री नियुक्त भएका छन् । जनता बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार मात्र सो बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पदबाट राजीनामा दिएका थिए ।
नवनियुक्त क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृतको भूमिका निभाएको थिए । त्यसअघि उनले बैंकअफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको थिए । शंकरदेव क्याम्पसबाट एमबीए गरेपछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाट बैकिङ करिअर शुरु गरेका थिए । कुशल नेतृत्त्व क्षमता भएका क्षेत्रीले जनता बैंकलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया