जनता बैंकको एक अर्बको हकप्रद मंसिर १ बाट

काठमाडौं ११ कार्तिक ।
मंसिर १ गतेबाट जनता बैंक नेपालले हकप्रद सेयर जारी गर्ने भएको छ। अहिले कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बैंकले जारी गर्न लागेको हो। बैंकले कुल एक करोड ३ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। पुस ५ गतेसम्म बैंकको सेयर भर्न पाइन्छ। जनता बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ छ।
दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको हकप्रदपछि पुँजी तीन अर्ब नौं करोड रुपैयाँ पुग्ने छ। बैंकले चालु बर्षभित्रै ८ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने छ। त्यसका लागि बैंकले अहिलेसम्म ठोस योजना बनाएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया