जनता बैंकको ५० प्रतिशत हकप्रदमा आबेदन खुल्यो

 

जनता बैंकले आज मंसिर १ बाट ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।  गएको कार्तिक १० गतेसम्म सेयर किनेर सेयरधनी भएकाहरुले जनताको हकप्रद पुस ५ गतेसम्म आवेदन भर्न पाइनेछ । जनता बैंकले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यको १  करोड ३ लाख कित्ता हकप्रद सेयर बिक्री थालेको हो । सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड  कमलपोखरीसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम बुझाउन सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । हालै त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेकाले बैंकको सेयर कारोबार बन्द छ ।

दुई अर्ब ६ करोड रूपैयाँ चुक्ता पुँजी रहेको जनताको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब नौ करोड रूपैयाँ पुग्नेछ ।
जनताको बैंकको अघिल्ला दुई बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्न बाँकी नै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया