जनता बैकको ईलाम शाखाबाट कारोवार सुरु

बिजनेसपाटी २२ बैशाख ।
जनता बैंक नेपालको ईलाम शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा रहेको यस शाखा बैंकको १०८औं शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा लिन सकिने छ । ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणामा सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप शाखा स्थापना गरिएको बैकले जनाएको छ । यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया